नवनियुक्त उद्योगमन्त्रीद्वारा राजिनामा 

नवनियुक्त उद्योगमन्त्रीद्वारा राजिनामा 

वीरगन्ज, २४ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नुभएको छ । सरकारका नवनियुक्त मन्त्री 


हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनु भएको हो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । प्रधानन्यायधीशको कोटाबाट मन्त्री बनाईएको भन्दै व्यापक आलोचना भईरहेको बेला एक्कासी हमालको राजिनामा आएको हो ।