नेपाल राष्ट्र बैंकको ६७ औं बार्षिकोत्सवमा प्रभातफेरि
वीरगन्ज । नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले बैंकको ६७ औं बार्षिकोत्सवको अवसरमा बैशाख १४ गते “Go Local” सन्देशसहितको प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
प्रभातफेरीपछि आयोजना गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले अहिलेको प्रतिकुल बृहत्तर आर्थिक परिदृष्यलाई मध्यनजर गर्दे वस्तु तथा सेवा उपभोगमा स्थानीय उत्पादनलाई जोड दिन प्रोत्साहन गरी अर्थतन्त्रलाई मजबुत बनाउन विभिन्न सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वित्तीय साक्षरता अभिवृद्घि गर्ने लक्ष्य सहित राष्ट्र बैंकले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका सम्पूर्ण कर्मचारी, वीरगञ्जस्थित ‘क’, ‘ख’‘, ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारी लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरी निकालिएको बैंकका सहायक निर्देशक प्रदीप बानियाँले बताउनुभयो ।