नगद रकम जम्मा नगरेसम्म वीमालेख जारी नगर्ने पर्साका निर्जिवन बीमा कम्पनीका कर्मचारीहरु एकमत

नगद रकम जम्मा नगरेसम्म वीमालेख जारी नगर्ने पर्साका निर्जिवन बीमा कम्पनीका कर्मचारीहरु एकमत

वीरगञ्ज, १५ साउन । बीमा कम्पनीहरुको नियमायक संस्था बीमा समितिद्धारा खातामा पैसा जम्मा भएपछि मात्रै बीमालेख जारी गर्ने कडा निर्देशन पश्चात बीमा क्षेत्रमा आएको तरङ्गले उत्साहित बीरगञ्जका निर्जिवन बीमा कम्पनीका कर्मचारीहरु एकजुट भई ‘ईन्स्योरेन्स क्लब अफ बीरगञ्ज’ गठन गरेका छन् ।

यसअघि बजारमा रहेको अस्वस्थ्य प्रतिस्पर्धाको नाममा लामो समयसम्म उधारोमा बीमालेख जारी राख्ने परिपाटीले गर्दा बीमा क्षेत्रमा नै बिकृतीहरु सृजना हुन थालेको अवस्थामा समितिद्धारा प्रेषित निर्देशनको प्रावधान पहिले देखि नै रहेको भएता पनि विगतका समयमा यस समस्याले गर्दा बजारमा अनेकौ चलखेल हुने गरेको थियो। कम्पनीहरुद्धारा दिईएको अव्यवसायिक सुविधाको फाईदा उठाउदै बीमाका ग्राहकहरु पनि उधारोमा नै बीमालेख जारी गर्ने गरेका थिए ।

यद्यपि बीमा ऐनमा उधारोमा जारी गरिएको बीमालेखले भोलीका दिनमा कुनै पनि जोखिम वहन गर्न कम्पनी बाध्य नहुने स्पष्ट उल्लेख गरिएता पनि यसै अनुसार व्यवसाय हुदै आईरहेको बीमा कर्मचारीहरु आपैm स्वीकार गर्छन । तर कम्पनीले दिएको लक्ष्य र बजारमा बढदो प्रतिस्पर्धाले गर्दा नैतिक अनैतिक सुविधाहरु कम्पनीबाट  उपलब्ध गराउदै आएको कर्मचारीहरु बताउछन् ।

सवै कर्मचारीहरु एकजुट भई अब यस्ता बिकृतीहरु हटाउने अठोटसंगै नियमसंगत परिधिमा रही नगदमा मात्रै कारोबार गर्ने सहमति गरेको भेलामा सहभागि प्रिमियर इन्स्योरेन्सका शशि श्रेष्ठले बताउनुभयो । वीरगञ्जमा शाखा संचालनमा रहेको निर्जिवन बीमा कम्पनीहरु नेको, प्रिमियर, लुम्बिनी, प्रुडेन्सियल, सिद्धार्थ, एनएलजी, नेपाल, जिआईसी, एभरेष्ट, नेशनल, सानिमा, आईएमई र

युनाईटेड कम्पनीहरुका आधिकारिक व्यक्तिहरुको उपस्थितिमा अब उप्रान्त बीमा कर्मचारीहरुबीच समन्वय र सदभाव कायम राख्दै समितिको निर्देशन अनुरुप नगद जम्मा गरेरमात्रै बीमा लेख जारी गर्ने र आगामी दिनहरुमा थप सुधार गर्दै लैजाने प्रतिवद्धता सहितको सहमति भएको नेको इन्स्योरेन्सका शाखा प्रबन्धक विक्रम आलेले बताउनुभयो ।