नाकामा रेडक्रसकाे स्वंयसेवक परिचालन

नाकामा रेडक्रसकाे स्वंयसेवक परिचालन

वीरगन्ज, १८ बैशाखना । नेपाल रेडक्रस साेसाइटी वीरगन्ज शाखाले मुख्य प्रवेशद्वारमा स्वयंसेवक खटाएको छ । कनेराेना भाइरसकाे संक्रमण रोकथामका लागि नेपालको मुख्य प्रवेशद्वार बिरगंज नाका शन्कराचार्य गेट मार्फत आउने यात्रुलाई सहज तरिकाले रोग परिक्षण गराउनमा सहयोग पुर्‍याउन उदेश्यले नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले स्वयंसेवक परिचालन गरेको हाे ।
नाकाबाट आउने यात्रुलाई सेनिटाइजर, मास्क उपलब्ध गराउनका साथै जनचेतना फैलाउनका लागि पर्चापम्पलेट समेत बितरण गरिएको  शाखाका सभापति बिरेन्द्रराज कडेलले बताउनुभयो ।