नेकपा माओवादी ठोरी वडा नम्बर ४ र ५ मा उम्मेदवार घोषणा
वीरगन्ज । ने.क.पा. माओवादी केन्द्र, ठोरी गाउँपालिका वडा नम्बर–५ मा उम्मेदवार छनोट सम्पन्न भएको छ । वडा नम्बर–५ सुवर्णपुर बोत्थाटोलमा भएको वडा भेलाले वडा अध्यक्ष पदमा अष्ट बहादुर लोप्चन, सदस्यहरुमा माइते बम्जन, निशा खड्का, लालमुनी देवी र मेघ बादुर थापालाई उम्मेदवार घोषणा गरिएको नेकपा माओवादी ठोरी गाउँपालिका अध्यक्ष निमा तामाङले जानकारी दिनुभयो ।
यसअघि ठोरी गाउँपालिका वडा नम्बर–४ को अध्यक्ष पदमा सागर लामा, सदस्यहरुमा तेज बहादुर श्रेष्ठ , कान्छी माया थिङ, धन कुमारी कामी र पद्म बहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको ने.क.पा. माओवादी केन्द्र ठोरी गाउँपालिका इन्चार्ज हरी बहादुर सुनुवारले बताउनु भयो ।