थप ४७ समूहमा पर्ने वस्तु आयातमा राष्ट्रबैंकको कडाई 

थप ४७ समूहमा पर्ने वस्तु आयातमा राष्ट्रबैंकको कडाई 

वीरगन्ज, २७ माघ । नेपाल राष्ट्र बैंकले थप ४७ समूहमा पर्ने वस्तुहरु आयात गर्न रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै सक्खर, चिनी, चुइगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ ।

केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो । विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न सर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र (एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ । बुधवार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट शतप्रतिशतसम्म ’क्यास मार्जिन’ लिन बैंकहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, रक्सी तथा भिनेगर, निजी गाडी (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका छन् ।

राष्ट्रबैंकले  आयातमा गर्दै आएको कडाईका विषयमा निजीक्षेत्रको भने मिश्रित्र प्रतिक्रिया आईरहेका छन् । एकपक्षले आयातमा अझै कडाई गर्नुपर्ने बताएका छन् । भने, एकपक्षले आयात कडाई गरेर देशको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । यद्यपि आयात प्रतिस्थापनका लागि स्वदेशमै उत्पादन बढाउने र वैकल्पिक उपायको खोजीमा भने सरकार र निजीक्षेत्रबीच तादम्यता मिल्न सकेको छैन ।  

Files