उद्योग वाणिज्य संघद्वारा मन्त्री शर्माको स्वागत  तथा सम्मान

जस्तो सुकै परिस्थितिमा पनि आपूm हार नखाने मन्त्री शर्माको भनाई 

उद्योग वाणिज्य संघद्वारा मन्त्री शर्माको स्वागत  तथा  सम्मान

वीरगन्ज, ३० असार । प्रदेश २ सरकारका खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मालाई उद्योग वाणिज्य महासंघ प्रदेश २ र वीरगन्ज उद्योग वाणिज्य संघले सम्मान गरेको छ । वीरगन्जको होटल दियालो लर्ड्समा आयोजना गरिएको सम्मान कार्यक्रममा मन्त्री शर्मालाई नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गणेश लाठ र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

सम्मानपछि बोल्दै प्रदेश २ सरकारका खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले आपूm फरक परिस्थितिमा मन्त्री बनेको भएपनि जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ र वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको मन्त्री शर्माको सम्मान कार्यक्रममा बोल्दै अहिलेसम्म मन्त्री भएर पनि छुट्टै कार्यालयको व्यावस्थापन हुन नसकेको गुनासो गर्दै परिस्थिति जस्तोसुकै भएपनि आफु हार नखाने बताउनु भएको हो ।

मन्त्रीमा नियुक्त भएपछि आपूmले प्रमुख तीनवटा योजना अघि सारेको जानकारी दिदै कांग्रेसका पूराना नेता आत्माराम ओझाको सम्मानमा प्रदेश २ का आठवटै जिल्लामा ओभरहेड टंकी निर्माण गरी नवजल परियोजना निर्माण गरिने बताउनुभयो । त्यस्तै वैकल्पिक उर्जाको माध्यमबाट आत्माराम ओझा उज्जयालो अभियान र दुखा सहनी स्वच्छता अभियान अन्तर्गत स्वच्छ पिउने पानीको पहुँचमा काम गर्ने बताउनुभयो ।

उहाँले प्रदेशमा यात्रुवाहक बस र दमकल प्रयोग विहिन भएकोले औद्योगिक करिडोरमा दुईवटा दमकल र सिमरा विमानस्थलबाट वीरगन्ज सम्म यातायात पहुँचको लागि बस संचालनका लागि पहल गरिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश २ अध्यक्ष गणेश लाठ, नेपाल उद्योग

वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य अशोक टेमानी, प्रदेश २ का पूर्व उपाध्यक्ष अशोक वैद, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्सा अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टिका पोखरेल, वीरगन्ज भन्सार र सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमख तथा उद्योगी व्यावसायी र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।