इंगेज परियोजनाबाट किशोरीहरु लाभाविन्त
वीरगन्ज, १० असोज । विद्यालय जान नपाएका गएर छोडेका किशोरीहरुको लागि संचालित इंगेज परियोजनाले पर्साका धेरै किशोरीहरु लाभान्वित भएका छन् । भिएसओ नेपालको सहयोगमा दिव्य युवा क्लबले पर्साको दुईवटा गाउँपालिकामा संचालन गरेको इंगेज परियोजना मार्फत गाउँपालिकाका किशोरीहरु लाभान्वित भएका हुन् ।
परियोजना संचालन भएको स्थलको आईतबार अनुगमन गर्दा परियोजनाबाट विद्यालयका किशोरीहरुको संख्या बढेको, विद्यालय जना नमानेकाहरुको लागि आयआर्जनका लागि संचालन गरिएको सीपमूलक तालिममा पनि सहभागिता राम्रो रहेको पाईएको अनुमनमा सहभागिहरुले बताएका छन् ।
जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीको नेतृत्वमा गएको अनुगमन टोलीले पर्साको लंगडी, भिखमपुर र जगरनाथपुरको आसवारीमा संचालित सिलाईकटाई, बुटिक, व्यटिसियन तथा सिकाई केन्द्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा किशोरीहरुको सहभागिता उत्साहजनक रहेको पाईएको र सिकाइ कार्यक्रम पनि प्रभावकारी पाईएको जिल्ला समन्वय समिति पर्साका प्रमुख अन्सारीले बताउनुभयो ।
मधेसका महिलाहरुलाई घर बाहिर गएर काम गर्ने संस्कारको विकास अझै नभएको अवस्थामा घरभित्रै बसेर आयआर्जनका काम गर्न सकिने तालिमबाट लाभ लिन सक्नेमा उहाँले विश्वास गर्नुभयो ।
अनुगमनमा किशोरीहरुलाई बालविवाह र दाईजो प्रथाका विरुद्धमा पनि आवाज उठाउन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले आग्रह गर्नुभयो । उहाले किशोरीहरुका अभिभावकहरुसँग पनि आफ्ना छोरीहरुको उज्जवल भविष्य देख्ने हो भने उमेर नपुगी विवाह गरिदिन नहुने बताउनुभयो ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख अन्सारी, प्रहरी नायव उपरीक्षक कार्की, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, धोबिनी गाउँपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मी, जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ, दिव्य युवा क्लबका कार्यकारी प्रमुख रामाकान्त पटेल, परियोजना प्रमुख गणेश ठकुरी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।