आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु
वीरगन्ज, २५ कार्तिक । बिहीबार १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाका लागि देशभर ४० हजार जना गणक फिल्डमा खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार आज देखि शुरु हुने जनगणनाका लागि गणकहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोध्ने छन् । एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् । उनीहरुलाइ दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ ।
कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ । जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गर्नुभयो ।
जनगणनामा भाग लिनु कर्तव्य समेत भएको भन्दै उहाले कसैले पनि नाइ भन्न नपाउने बताउनुभयो । एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताउनुभयो ।
पर्सामा ५ सय ७० गणक परिचालन
आजदेखि शुरु भएको १२ औं जनगणनामा पर्सामा पाँचसय ७० जना गणक खटिएका छन् । तथ्यांक कार्यालय पर्साले स्थानीय स्तरमा तालिम दिएर गणकहरुलाई खटाईएको तथ्यांक कार्यालय पर्साका प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो ।
पर्साको ६ स्थानमा गणकहरुलाई तालिम समेत दिईएको उहाँले बताउनुभयो । कालिकामाई जीराभवानी, पर्सागढी, परवानीपुर, वीरगन्ज लगायतका स्थानमा तालिमको आयोजना गरिएको प्रमुख ज्ञवालीको भनाई छ ।
जनगणना मंसिर ९ गतेसम्म हुनेछ । सूचीकरणका लागि खटिएका कर्मचारीहरुबाटै जनगणनामा भाग लिन अनुरोध पत्र पनि पठाईएको प्रमुख ज्ञवालीले बताएपनि आम रुपममा भने जनगणनाको विषयमा नागरिकलाई खासै जानकारी छैन ।
जनगणनाका लागि पर्सामा खटिएका गणक र सुपरभाईजरहरुको नामावली :