अध्यादेशबाट ल्याएको कर छुटका सुविधाहरु परिमार्जित बजेटमा परिवर्तन होला ?
वीरगन्ज, १९ साउन । केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा आर्थिक बर्ष २०७८÷०७९ मा केही क्षेत्रहरुमा कर छुटको व्यावस्था गरेको छ । तर, सांसद पुर्नस्थापनापछि शेर बहादुर देउवाको नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सांसदबाटै बजेट ल्याउने तयारी गर्नुभएको छ ।
अध्यादेश मार्फत ल्याईएको बजेटलाई परिमार्जन गर्दै उपयोगी बजेट ल्याउने तयारीमा रहेको बताउनु भएको छ । परिमार्जन सहित आउने बजेटले कर छुटका सुविधाहरु हेरफेर गर्ला कि नगर्ला भन्ने करदाताहरुले चासो लिएका छन् ।
कोरोना संक्रमणको महामारीको संकटमा अध्यादेश मार्फत आएको बजेटमा कर छुटका सुविधाहरुमा करदाताहरु सन्तुष्ट नै रहेका छन् । परिमार्जन सहित बजेट आएमा थप छुट सुविधा पाउने हो कि भन्ने अपेक्षा पनि गरेका छन् ।