स्वतन्त्र र निष्पक्ष चुनाव
मतदान गर्न पाउनु मात्र लोकतन्त्र होइन, प्रत्येक मतको गणना हुनु लोकतन्त्र हो । टोम स्टोपार्ड
सलाउदीन अहमद
राजनीतिक वैज्ञानिक रोवर्ट डाहलले स्वतन्त्र र निष्पक्ष चुनावलाई जबरदस्ती अपेक्षाकृत असामान्यको रुपमा परिभाषित गरेका छन् । स्वतन्त्र र निष्पक्ष निर्वाचनमा राजनीतिक स्वतन्त्रता र निष्पक्ष प्रक्रियाहरु समावेश हुन्छन् जसले मतदानमा नेतृत्व गर्दछ । मतदान गर्ने योग्य मतदाताहरुको निष्पक्ष संख्या (चुनावमा जालसाजी वा मतदाता दमन जस्ता पक्षहरु सहित) र सबै दलहरुद्वारा निर्वाचन परिणामहरु स्वीकार गर्दछ । निर्वाचनले आंशिक रुपमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि अन्तराष्ट्रिय मापदण्डहरु पूरा गर्न सक्छ, वा केही मापदण्डहरु पूरा गर्न सक्छ तर अरुलाई होइन् । स्वनत्त्र र निष्पक्ष चुनावबारे यतिबेला मुलुकमा धेरै चर्चा परिचर्चा चलिरहेको छ । तर धेरै मानिसहरु यसबारे अझ प्रष्ट छैनन् । कुनै पनि चुनाव आदर्श हुदैँन । मतदाता, चुनाव अधिकृत तथा राजनीतिज्ञहरु आ–आफ्नो निर्दिष्ट कार्य र जिम्मेवारी बारे प्रष्ट नहुँदा पनि चुनावमा गल्ती हुन सक्छ । कहिलेकाँही केही व्यक्ति अथवा समूहबाट आफ्नो दल वा उम्मेदवारलाई जिताउन जानाजानी चुनाव हुन नदिने वा मतदान प्रक्रियामा अवरोध ल्याउने प्रयास समेत हुन्छन् । निर्वाचन आयोगले ९० प्रतिशत निर्वाचन क्षेत्र जनसंख्या तथा १० प्रतिशत भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र कायम गरि सकेको छ । तर राष्ट्रिय सभाको प्रतिनिधि छनौट गर्दा सातै प्रदेशबाट बराबर प्रतिनिधिको चुनाव गर्दा अहिलेको संविधानमा पनि बढी जनसंख्या भएको प्रदेशसँग प्रतिनिधिको सवालमा विभेद भएको पाइन्छ । कुन चुनाव राम्रो र कुन नराम्रो भनी किटान गर्न कठिन हुन्छ । कसै कसैले चुनावी मानकलाई लचिलो बनाइनुपर्छ भनी बहस गर्ने गरेका छन् । तर नेपाल जस्तो शिशु लोकतन्त्रमा कसैले पनि स्वीडेन जस्तो परिपक्व लोकतन्त्रमा हुने चुनाव जस्तो राम्रो चुनाव हुनुपर्छ भन्ने कुराको अपेक्षा गर्नु त्यति युक्ति संगत ठहरिदैँन् । स्थापित लोकतन्त्रमा जस्तै नयाँ लोकतन्त्रमा चुनाव सम्पन्न हुन सक्दैन भन्ने यथार्थलाई स्वीकार गरिएता पनि चुनावी प्रक्रियाका केही आधारभुत कुराहरु छन् जसबाट निर्वाचन सफलतापूर्वक सम्पन्न भए ÷ नभएको कुरा इंगित गर्न सम्भव हुन्छ । कुनै पनि चुनाव सफल वा असफल मापन भनेको मतदाताको भावनालाई प्रतिनिधित्व गरेको छ या छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । तसर्थ, सफल चुनाव कस्तो हुन्छ भन्ने कुरा थाहा भएपछि असफल चुनाव के हो, निर्धारण गर्न सहज हुन्छ । निर्वाचनका बखत जनताले आफ्नो चाहना प्रकट गर्न कुनै पनि प्रकारको भयबाट मुक्त हुन जरुरी हुन आउँछ । त्यसको अर्थ कुनै पनि सरकारी निकाय, राजनीतिक दल तथा समूहले कुनै एक राजनीतिक दल तथा समुहले कुनै एक राजनीतिक दल वा उम्मेदवारलाई छनौट गर्न मतदातालाएै दबाव दिने काम गर्नु हुँदैन । हिंसा वा हिंसाको धम्कीबाट मतदाताहरुलाई दबाव पार्न सक्छ । हातहतियारबाट जनताको राजनीतिक चयनबाट परिवर्तन आउन सक्ने भएकाले राजनीतिक दलहरुबाट कुनै पनि अवस्थामा हातहतियारको प्रयोग हुनुहुदैन ।
हातहतियारयुक्त कुनै दललाई मतदान नगरेको खण्डमा त्यो हातहतियार आफू वा आफ्नो परिवारमाथि प्रयोग हुन सक्ने भयले मतदाता त्रसित हुनु बाहेक उक्त दल पराजित भए दलसँग भएको हातहतियार सम्पूर्ण देशमा प्रयोग हुन सक्छ भन्ने भयले पनि मतदाताहरुले त्यस्ता दललाई मतदान गर्न सक्छन् । यति हुँदाहुदैँ पनि हातहतियार मात्रै खराब चुनावका कारक तत्व होइनन् । विद्यमान सरकार वा सत्तासीन दलले पनि उपयुक्त ढंगबाट मतदान नगरे जागिर वा विकास परियोजना प्रदान नगर्ने भनी मतदातालाई धम्काउन सक्छन् । कुनै दल वा उम्मेदवारले प्रत्येक मतदाता वा सुमदायका नेतालई अनुचित लाभ दिई चुनावलाई राजनीतिक चयनबाट आर्थिक छनौटमा परिवर्तन गर्न सक्छन् । यस अर्थमा धेरै गरिब मुलुकहरुमा मतदाताले तत्कालिन आर्थिक लाभका लागि मतदान गर्ने गरेको तथ्यलाई अचम्म मान्न सकिन्छ । स्वतन्त्र चुनावमा राजनीतिक दलहरुले खुला रुपमा चुनाव प्रचार÷प्रसार गर्ने क्षमता राख्न सक्नुपर्छ । साना दलहरुको दाँजोमा ठुला दलहरुको मोट आधार क्षेत्र निश्चितरुपमा बृहत हुने भएता पनि सबै राजनीतिक दलहरुबाट सर्वसाधारणका निम्ति आयोजना गरिने सभा तथा आफ्नो चुनावी प्रचार–प्रसारका निम्ति कानुनी प्रावधान सुनिश्चित हुनुपर्छ । साना दलहरुको पनि सञ्चारमा पहुँच हुुनुपर्छ । हुन त सबै लोकतान्त्रिक व्यवस्थामा सबै ठुला तथा साना राजनीतिक दलहरुलाई निष्पक्षरुपमा रेडियो र टेलिभिजनमा बहस तथा अन्य कार्यक्रमका निम्ति समय र म१च प्रदान गरिनुपर्छ भन्ने कुरा तय गरिएको हुन्छ । सबै प्रकारका स्वतन्त्र र निष्पक्ष चुनावलाई राजनीतिक दल तथा चुनाव सम्बन्धी नियमहरुले सहयोग पु¥याउन जरुरी हुन्छ । यस्ता नियमहरुलाई एक सक्षम तथा सके सम्म विल्कुलै निष्पक्ष चुनाव आयोगले कार्यन्वित गर्न आवश्यक हुन्छ । चुनाव सम्पन्न गराउने कर्मचारी उचितरुपमा प्रशिक्षित हुनाका साथै उनीहरुमा सरकार, कुनै दल वा समुहको डर धाक बिना काम गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । स्थानिय चुनावमा देखिएको बदर मतले के देखाउँछ, त्यो चुनावमा भाग लिएका मतदाताहरुले गरेको मत औचितछिन छ । त्यस्ता चुनावलाई निष्पक्ष भनन मिल्दैन त्यसैले अबको निर्वाचनलाई स्वतन्त्र र निपक्ष बनाउन मतदाता शिक्षा घर घर सम्म पु¥याउनु पर्दछ । एक स्वतन्त्र र निष्पक्ष चुनावमा भाग लिने मतदाताहरु पनि सुसुचित हुन आवश्यक हुन्छ । कसरी मतदान गर्ने तथा किन उनीहरुले कुनै विशेष दल वा उम्मेदवारलाई मतदान गर्न गइरहेका छन् भन्ने ज्ञानको अभावमा जति सुकै राम्रो चुनाव पनि निरर्थक बन्न सक्छ । आफ्नो राजनीतिक चयन व्यक्त गर्न मतदातामा आफ्ना अघि भएका राजनीतिक विकल्पहरुका साथै विभिन्न राजनीतिक दल तथा उम्मेदवारका सबल तथा कमजोर पक्षबारे ज्ञान आवश्यक हुन्छ । स्वतन्त्र र निपक्ष चुनावमा देश भित्र तथा देश बाहिर रहेका प्रत्येक नागरिकको मतदको गणना हुन पर्दछ ।