स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके ८ जिल्लामा संयोजक 

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके ८ जिल्लामा संयोजक 

वीरगन्ज । आफूले भनेको उम्मेदवारलाई टिकट नदिएपछि एमालेको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहले आफूले उठाएका उम्मेदवारहरुलाई जिताउन आठवटै जिल्लामा संयोजक तोकेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको टिकट वितरण शैलीबाट असन्तुष्ट साहले असोज २२ गते साँझसम्म टिकट होल्ड गरेर २३ गते स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँले मधेस प्रदेशको ८ वटै जिल्लामा आफू निकटका स्वतन्त्र उम्मेदवारी दिन लगाउनु भएको छ । त्यही उम्मेदवारहरुलाई जिताउनका लागि आठवटै जिल्लामा संयोजक तोक्नुभएको हो ।

साहले तोको जिल्ला संयोजकहरुमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिराहामा सरोज यादव र सप्तरीमा बषन्त मण्डललाई संयोजक तोकेको प्रभु साहले बताउनुभयो ।

राजनीतिक नेताहरुको गलत गतिविधि र अपवित्र गठबन्धनले गर्दा लोकतन्त्र दूषित मात्रै नभई सिंगो देश नै अस्थिरताको भूमरीमा फस्दै गएकोले विडम्बनापूर्ण अवस्थालाई सुधार्नका लागि पनि स्वतन्त्र उम्मेदवारी दिएको जिकिर गर्नुभएको छ ।