समाजवादी युवा संघको वडा नम्बर ३० लालपर्सामा वडा कमिटि गठन 

समाजवादी युवा संघको वडा नम्बर ३० लालपर्सामा वडा कमिटि गठन 

वीरगञ्ज, १० असोज । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघको वडास्तरीय भेला सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा संघका जिल्ला सदस्य सुजित ठाकुरको सभापतित्वमा संगठन सुदृढीकरण तथा जनजागरण अभियानअन्र्तगत भेला सम्पन्न भएको हो । 

                 भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले संगठनलाई विस्तार गर्नुका साथै सुदृढीकरण गर्नुपर्ने आवश्यक्ता औँल्याए । सोही आवश्यक्तालाई मध्यनजर गर्दै जसपाले सुज अभियान थालेको अन्साीले बताउनुभयो । 

                  कार्यक्रमका बिशिष्ट अतिथी जनता समाजवादी पार्टी ९जसपा० पर्साका सचिव तबरेज अहमदले युवाहरुको एकरुपता नै अबको अपरिहार्यता भएको बताए । जोश र जागर बोकेका क्षमतावान एवम् सिर्जनशिल युवाहरु अब सरकारको नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा सचिव अहमदले जोड दिनुभयो । 

                  समाजको सांस्कृतिक, आर्थीक एवम् भौतिक परिवर्तनका लागि राजनीतिक परिवर्तन हुनुपर्ने बताउँदै अहमदले त्यसका लागि युवाहरु स्वयमले आवाज उठाउनुको विकल्प नरहेको धारणा राख्नुभयो। उहाँले भने, ‘ तँ आईज र गर् कसैले भन्दैन । यहाँ अधिकारको लागि आफै लड्नुपर्छ ।’ भेलामा अहमदले युवाहरुलाई अबको राजनीतिक भविष्य, जसपाका भावि रणनीति, आगामी योजना लगायतका बारेमा प्रशिक्षण दिनु भएको थियो । 

                  भेलाले मुना यादवको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरीय समाजवादी युवा संघ गठन गरेको समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादवले जानकारी दिनुभयो । संघको उपाध्यक्षमा शेषनाथ मण्डल, जयराम राम, सचिवमा राधेश्याम साह, कोषाध्यामा मान्सी देवी, सदस्यमा सन्तोष पटेल, श्याम महतो, दिपक मण्डल लगायत रहेको समाजवाद युवा संघ पर्साका अध्यक्ष गौरब बर्माले बताउनुभयो । 

                   बर्माका अनुसार कार्यक्रममा संघीय समाजवादी शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, वीरगञ्ज महानगरपालिकाको न्याययिक समितिका सदस्य तुफैल अख्तर, संघका पर्सा जिल्ला ईन्चार्ज अमित यादव, बरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे, घनश्याम बाबु गुप्ता, अमोद यादव, ईकाई अध्यक्ष दिनानथ मण्डल, गगनदेव यादव,  ल्गायतको सहभागिता रहेको थियो ।  यसैबीच कार्यक्रममा सम्पात साह कलवार नेपाली काङ्ग्रेस परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।