महानगरमा एकहजार, साना सहरमा पाँचसय र गाउँमा दुईसय संक्रमित भएपछि मात्रै निषेधाज्ञा 

वीरगन्ज, १२ बैशाख ।  गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ । 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो । त्यस्तै, आज बसेको बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।  
महानगरपालिकामा भने एकहजार संक्रमित नाघेपछि मात्रै निषेधाज्ञा लगाउन सकिने आदेश गरेको छ ।

पर्सा जिल्लामा अहिले सबैभन्दा बढी संक्रमित फेला परेको र महानगरपनि भएकोले अहिले एकहजार संक्रमित पुगेमा निषेधाज्ञा लगाउन सकिने प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारीले बताउनुभयो । 

निषेधाज्ञा लगाएर आमनागरिकलाई दुःख दिनुभन्दा नागरिक आफैले भाइरसको चेन ब्रेक गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड सहितको सतर्कता अपनाए निषेधाज्ञा लगाउन बाध्य नहुने बताउनुभयो ।