सामाजिक चेतनाले बालविवाह र दाईजो प्रथामा कमी आएको छ : प्रहरी 

सामाजिक चेतनाले बालविवाह र दाईजो प्रथामा कमी आएको छ : प्रहरी 

वीरगञ्ज, ८ साउन । पर्सामा सामाजिक चेतनाले बालविवाह र दाईजो प्रथामा कमी आएको पर्सा प्रहरीले जनाएको छ ।  सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र मुर्लीको आयोजनामा भएको अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले विगतको तुलनामा पर्सा जिल्लामा बालविवाह तथा दाइजो प्रथाका घटनाहरुमा कमि आएको बताउनुभयो । 

सामाजिक संघ संस्थासँगै सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरी साझेदारी कार्यक्रम, लगायतका जनचेतनामुलक कार्यक्रमहरुको प्रभावकारीताका कारण नै यस्ता घटनाहरुमा कमी आएको प्रहरी प्रवक्ता खनालले बताउनुभयो । कोरोना कहरका कारण घरेलु हिँसाका घटनामा केही बृद्धि भएको बताउदै उहाँले बालविवाह, दाइजोप्रथा लगायतका घटनाहरुको निराकरणका लागि प्रहरी र नागरिकबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० र १४ का वडाअध्यक्ष क्रमश प्रधुम्न सेढाई र भरत प्रसाद कुर्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिनेश गौतम, ज्येष्ठ नागरिक संघ

पर्साका अध्यक्ष जगदिश शर्मा, सामाजिक अभियानता ओमप्रकाश शर्मा, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, त्रिमुर्ती टोल सुधार समितिका अध्यक्ष शोभा पाण्डे, सामुदायिक आँखा अस्पताल वीरगञ्जका नेत्र विशेषज्ञ डा। महेश सिँह धामी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन लालबाबु सिंह र स्वागत मन्तव्य केन्द्रकी उपाध्यक्ष रेखा घिमिरेले व्यक्त गर्नुभएको थियो ।