सडक अतिक्रमण गरेर राखिएका सामग्री महानगरले हटायो
वीरगन्ज, ९ साउन । वीरगन्ज महानगरपालिकाको बाईपास क्षेत्रमा अनाधिकृत रुपमा नालामाथि जथाभावी राखिएका गिटी, बालुवा, ढुंगा लगायत कवाडी सामनहरु म्हानगरपालिकाले हटाएको छ । बाबा होटल नगवाचोकदेखि दोश्रो बाईपास हुदै इनर्वा जाने सडक र बाईपास सडकको छेउछाउमा अनाधिकृत रुपमा राखिएका सामग्रीहरु आज हटाईएको हो ।
जथाभावी राखिएका निर्माण सामग्री तथा कवाडी सामानहरु हटाउन महानगरपालिकाले पटक पटक भन्दापनि अटेर गरेपछि आज नगर प्रहरी सरसफाई शाखाका कर्मचारी र निजी तथा सार्वजनिक निजी साझेदारीमा सरसफाई गर्ने ठेकेदारले संयुक्त रुपमा सडक किनारका सामानहरु हटाएको सरसफाई शाखाका सर्फुदिन मियाँले जानकारी दिनुभयो ।
महानगरवासी र व्यापार व्यावसाय गर्नेहरुले नै सडकमा अथाभावी आपूmखुशी सामानहरु राख्ने र महानगरपालिकाले सरसफाई गरेन भनेर आरोप लगाउने गरेको भन्दै यसरी जथाभावी सडक किनारमा सामग्री राख्ने र फोहोर थुपार्नेलाई सरसफाई ऐन अन्तर्गत कारवाही गरिने महानगर प्रहरी इन्चार्ज हरि भुषाले बताउनुभयो ।