विल विजक भन्दा बढी सामान लोड गरेको ट्रक प्रहरीको नियन्त्रणमा
वीरगन्ज, १ भदौ । वडा प्रहरी कार्यालय वीर्ताले विल विजक भन्दा बढी सामान लोड गरेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बिल विजक भन्दा बढी सामान लोड गरिएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले ना.६ ख. ४३४५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं.–६ माईस्थान चोक स्थित सडकखण्डमा उक्त ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको र विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक र सामान सहितको मूल्य ५४ लाख ५ हजार ६३८ मूल्याङ्कन गरी आवश्यक कारवाहीको गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।