वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सहितको टोलीद्वारा पानी प्रशोधन केन्द्रको निरीक्षण
वीरगन्ज, २५ जेठ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पानी प्रशोधन केन्द्रको बुधबार निरीक्षण गर्नुभएको छ । एसियाली बिकास बैंकको सहयोगमा निर्माण गरिएको पानी प्रशोधन केन्द्रको नगरप प्रमुख सिंह र उपप्रमुख इम्तियाज आलम सहित महानगरका वडाअध्यक्षहरु समेतले स्थलगत निरीक्षण गरेका हुन् ।
वीरगन्ज महानगरपालिकाको घरहरुबाट बग्ने पानीलाई पुन प्रशोधन गरेर सफा बनाई सिर्सिया नदिनमा निकास गर्ने पानी प्रशोधन केन्द्रको अवस्थाको बारेमा जानकारी लिन नगर प्रमुख सिंह सहितको टोलीले बुधबार स्थलगत निरीक्षण गरेको हो । महानगरबाट निस्किन दुषित पानी सिर्सिया नदिनमा छोड्दा दुर्गन्ध फैलिने भएकोले भूमिगत नालाबाट सिधै पानी प्रशोधन केन्द्रमा हालेर त्यहाँबाट पानी प्रशोधन गरी पुनः नदिमा छोडिने छ ।
तर, अहिले महानगरपालिकाको घर र शौचालयमा प्रयोग हुने पानी निकासको लागि अहिले भूमिगत नालामा जोड्न बाँकी नै रहेको छ । अब घरधनीहरु आफैले भूमिगत नालाहरुमा घरको पानी बग्ने पाईप जोड्नुपर्ने हुन्छ । त्यसपछि पानी प्रशोधन केन्द्रमा पठाएपछि प्रशोधन हुने हो । त्यसैले महानगरपालिकाका प्रमुख सिंहले त्यसको अवस्था बुझ्नका लागि बुधबार स्थलगत निरीक्षण गर्नुभएको हो ।