वीरगन्ज कलेजका स्नातक तहका विद्यार्थीहरुद्वारा खाना महोत्सवको आयोजना  

वीरगन्ज कलेजका स्नातक तहका विद्यार्थीहरुद्वारा खाना महोत्सवको आयोजना  

वीरगन्ज । वीरगन्जको श्रीपुरमा रहेको वीरगन्ज कलेज प्राईभेट लिमिटेडमा अध्ययनरत स्नातकतहका विद्यार्थीहरुले आज खाना महोत्सवको आयोजना गरेका छन् । कलेज परिसर मै विद्यार्थीहरुले खाना महोत्सवको आयोजना गरेका हुन् ।

व्यवस्थापन संकायका विद्यार्थीहरुले अगामी दिनमा व्यापार व्यवसायलाई कसरी संचालन गर्ने र आम्दानी गर्ने तरिका सिक्नका लागि खाना महोत्सवको उनीहरुको भनाई छ । खाना महोत्सवको व्यवस्थापन संकायका विद्यार्थीहरुले विभिन्न प्रकारका परिकार पकाएर बिक्री पनि गरेका थिए ।

खाना महोत्सवको  करिब १५ हजार बराबरको विभिन्न परिकारहरु बिक्री भएको स्नातक तहका विद्यार्थी आनन्द साहले जानकारी दिनुभयो । पाठ्यापुस्तकमा अध्ययन गरिएको ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न व्यापार व्यवसाय संचालन गर्ने तरिका सिकाउनको लागि खाना महोत्सवको आयोजना गरिएको कलेजले जनाएको छ ।

खाना महोत्सवले विद्यार्थीहरुलाई व्यापार व्यवसाय कसरी सञ्चालन गरिन्छ ? बजारमा कुन वस्तु कसरी विक्री गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान हासिल गर्न सहज भएको स्नातक तहको व्यावस्थापन संकायका को–अर्डिनेटर दिपेश दासले बताउनुभयो ।