विन्दवासिनीको गर्दौलमा नेकपा माओवादी केन्द्रको सरसफाई
वीरगन्ज । नेकपा(माओवादी केन्द्र), बिन्दवासनी गाउपालीका वडा नम्बर २ गर्दौलमा रहेको रामजानकी मन्दिरमा सरसफाइ गरिएको छ । आज रामनवमीको अवसरमा माओवादी केन्द्रको आयोजनामा स्थानीया नेता कार्यकर्ता सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सरसफाइ भएको हो ।
सरसफाई कार्यक्रममा नेकपा (माओवादी केम्द्र), बिन्दवासनी गाउपालीका अध्यक्ष शिवम कुमार साह, सचिव महेस चौरसीया, नेता पर्शुराम यादव, सशस्त्र प्रहरी नायव निरीक्षक सुरज श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक राजाराम राय लगायतको उपस्थित रहेको थियो ।