राजपुत समुदायको भेला वीरगञ्जमा सम्पन्न 

राजपुत समुदायको भेला वीरगञ्जमा सम्पन्न 

वीरगन्ज, ९ असोज । राजपुत समुदायको भेला वीरगन्जमा सम्पन्न भएको छ । शनिबार भएको भेलामा बारा जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंहले सबै राजपुत एकजुट भएर जानुपर्नेमा जोड दिनुभयो ।

नेपाल राजपुत सेवा समितिले आयोजना गरेको भेलामा बोल्दै सभापति सिंहले राजपुत समाजको भवन निर्माण हुनुले राजपुत समुदायको अस्तित्वमा थप बल पुग्ने बताउनुभयो । कार्यक्रममा कोरोनाको संक्रमणका कारण निधन भएका होेटेल कुमु प्यालेसका संचालक तथा समाजका पूर्व अध्यक्ष पि.पि सिंहप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि सिंहले पीपी सिंहको तस्बीरमा पुष्प सहित श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो । नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंहले भवन निमार्णकार्यले गति लिएको भन्दै प्रसंशा गर्नुभयो ।

ईतिहास निमार्णमा सबैको भूमिका बराबर हुने भएकोले सबैको साथ जरुरी रहेको उहाँको भनाई थियो । त्यस्तै देवताल गाउँपालिकाका प्रमुख चन्दन सिंहले समुदायको भवन निमार्ण सम्पन्न होस भन्दै समाजका लागि आफ्नो सहयोग निरन्तर रहने बताउनुभयो ।

कार्यक्रममा भवन निमार्णको प्रगती तथा अर्थ संकलनको बारेमा महासचिव सुरेन्द्र सिंह र कोषाध्यक्ष नगनारायण सिंहले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सतिश सिंह राजपुत, हुकुम सिंह राजपुत, उदय प्रताप सिंह, श्रीभगवान सिंह, अवधकिशोर सिंह, अनिल सिंह, जमुना सिंह लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शनिबारको कार्यक्रममा करिब ५ लाख रुपैया संकलन भएको बताईएको छ । संचारकर्मी राजेन्द्र सिंहले संचालन गर्नुभएको कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष जटेश्वर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।