मगही भाषा संरक्षण र विकासमा प्रतिवद्ध छु : मन्त्री साह
वीरगन्ज, २४ साउन । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले नेपालका सबै भेषभूषा, भाषा, संस्कृतिको संरक्षण र विकास हुनुपर्ने बताउनुभयो । आइतबार धनुषाको जनकपुरमा मगही फाउण्डेशनद्वारा आयोजित सम्मान कार्यक्रममा मगही भाषाको जगेर्ना र उत्थानका लागि सरकारको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो ।
मैथिली, भोजपुरी जस्तै मगही पनि महत्वपुर्ण मौलिक भाषा भएकोले ‘यस्ता भाषाहरुको उत्थानका लागि सरकार सदैव सकरात्मक रहेको बताउनुभयो । कार्यक्रममा मन्त्री शाहले मगही भाषालाई जोगाएर अघि बढ्न अपरिहार्य रहेको बताउनुभयो । मन्त्री शाहले फाउण्डेशनद्वारा प्रकाशित मगही दर्पण स्मारिका विमोचन समेत गर्नुभएको छ । यस्तै कार्यक्रममा फाउण्डेशनको तर्फबाट मन्त्री शाहले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गर्नुभएको थियो ।