भन्सार छलीका हार्डवेयर पार्टस र औषधी बरामद
वीरगन्ज, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याएको हार्डवेयरका सामान र औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को
ईनर्वागाउँ, नगवा र लिंकरोडबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा हार्डवेयर, पार्टस र औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले बरामद गरेको सामानको मूल्य अन्दाजी ३ लाख ४ हजार ७ सय रुपैंया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।