बिरगंज जेसिजद्वारा जेसिज सप्ताह २०२१ को समापन 

बिरगंज जेसिजद्वारा जेसिज सप्ताह २०२१ को समापन 

बिरगंज, ९ बैशाख । वीरगन्ज जेसिजले नयाँ बर्षको अवसर पारेर आयोजना गरेको जेसिज सप्ताह विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । बिरगंज स्थित गिता मन्दिरमा रहेको  जेसिज सचिवालयमा बिरगंज जेसिज ९२०२१ का अध्यक्ष जेसि  रन्जन राउतको सभापतित्वमा र बिरगंज जेसिजका पुर्व अध्यक्ष एवं नेपाल जेसिजका पुर्व कार्यकारिणी अध्यक्ष जेसि मधु राणाको प्रमुख आतिथ्यमा आठौं दिन  जेसिज ९सप्ताह २०२१को समापन  कार्यक्रम  सम्पन्न भएको थियो ।

     हरेक बर्ष नया बर्षको सुरुआत सङै जेसिज सप्ताह मनाउदै आईरहेकोमा यश बर्ष पनि मनाईएको थियो । सप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो दिन  बैशाख ०१ गते शभकामना आदानप्रदान , दोस्रो दिन बैशाख ०२ गते नारायणी अस्पतालमामा सहयोग सामग्री बितरण, तेस्रो दिन बैशाख ०३ गते तालिम, चौथो दिन बैशाख ०४ गते खेलकुद अन्तर्गत जेसिज र होटल तथा पर्यटन व्यवसायी संघबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता,

पाँचौ दिन बैशाख ०५ गते बिरगंज नर्सिङ कलेजका कोरोना संक्रमित विद्यार्थीहरुलाई सहयोग सामग्री वितरण, छैठो दिन बैशाख ०६ गते श्री नेपाल गिता गजेन्द्र माबी शुखचैनामा आत्मरक्षा तालिम र सातौं दिन बैशाख ०७ गते बिरगंज–१६ स्थित भुटनदेवी पछाडीको वस्तीमा सहयोग सामाग्री बितरण गरि मनाएको बिरगंज जेसिजका पुर्व अध्यक्ष शेखर चौधरीले जानकारी गराउनु भयो । जेसिज  सप्ताह ९२०२१ कार्यक्रममा सहयोग पुर्याउनु हुने बिरगंज जेसिजका  पुर्व अध्यक्ष , बिरगंज जेसिजका बर्तमान कार्य समितिका पदाधिकारीहरु , सल्लाहकार , कानुनी सल्लाहकार र सन्चारकर्मीहरुलाई मायाको चिनो दिई सम्मान समेत गरिएको थियो ।


    समापन कार्यक्रममा बिरगंज जेसिजक पुर्व अध्यक्ष प्रोफेसर डा. दिपक शाक्य, जेसि पशुपति बिक्रम शाह, निसान्त लामिछाने,  प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जेसि उषा शाह, पुर्व अध्यक्ष जेसि अमर गौतम, सन्तोष खनाल  शेखर चौधरी, अनिल कुमार कलवार, प्रेम कुमार पटेल, सुरेश चौधरी,  सन्चारकर्मी अजित भुजेल , संतोषमान रन्जितकार, राहुल गुप्ता लगायत बिरगंज जेसिजका बर्तमान कोषाध्यक्ष अरबिन्द श्रेष्ठ,  कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक सुख सागर गौरोले स्वागत मन्तव्य र महासचिव अजय चौधरीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।