पर्सा प्रहरीले फेरी समात्यो भन्सार छलिको सामान सहित ट्रक 

पर्सा प्रहरीले फेरी समात्यो भन्सार छलिको सामान सहित ट्रक 

वीरगन्ज, ११ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले फेरी बिल विजक भन्दा बढी बिभिन्न किसिमका मसाला, लत्ताकपडाहरू तथा हार्डवेयरका लगायतका मालवस्तुहरू सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

राजश्व छली पैठारी गरी जनकपुरतर्फ लादै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.–१० घण्टाघरको मूख्य सडकखण्डबाटै बा.२ ख. ३४३५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा प्राप्त सूचना अनुरूप कै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर लगायतका मालबस्तुहरू फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

बरामद सामान र ट्रक सहितको मूल्य ३० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।