पर्सामा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म थप
वीरगन्ज, २१ बैशाख । काेराेना भाइरस संक्रमण राेकथाम र नियन्त्रणका लागि बैशाख १६ गतेदेेखि लागू गरिएको निषेधाज्ञा पर्सामा बैशाख ३० गतेसम्म थप गर्ने भएको छ । जिल्ला काेभिड संकट व्यावस्थापनकेन्द्र (डीसीसीएमसी) काे मंगलबार बसेकाे बैठकले निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेकाे हाे । बैैशाख १६ गतेदेखि लागू गरेकाे निषेधाज्ञा भाेली अर्थात बुधबार राति १२ बजे सकिने थियाे । मंगलबार बसेकाे डीसीसीएमसीकाे बैठकले समीक्षा गर्दै संक्रमणकाे साङ्लो चुडाउनका लागि निषेधाज्ञा प्रभावकारी भएकोले थप गर्ने सिफारिस गरेकाे हाे । डीसीसीएमसीकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले स्थानीय प्रशासन ऐन अनुसार बैशाख ३० गतेसम्मका लागि निषेधाज्ञाकाे समय थप्ने निर्णय गर्नुभएकाे छ। यस्तै बैठकले वीरगन्ज महानगरपालिका भित्र १०० शैयाकाे काेराेना अस्थायी अस्पताल संचालन गर्ने, १०० वेड कै अाइशाेलेसन संचालन गर्ने र महानगरपालिकाकाे व्यावस्थापनमा कन्टय्ाक्ट ट्रेसिङ गर्ने र नारायणी अस्पतालले पीसीअार परीक्षण गर्ने निर्णय भएको छ । साथै काेराेना संक्रमणकाे महामारीमा बजारमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य बढी लिने र कालाबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने पनि निर्णय गरेकाे छ ।