पर्सामा जारी निषेधाज्ञा जेठ ३० गतेसम्म थप
वीरगन्ज, १९ जेठ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा जेठ ३० गतेसम्म थप भएको छ । जिल्ला कोभिड–१९ संकट व्यावस्थापन समितिको बुधबार बसेको बैठकले कोरोना संक्रमणको श्रृंखलालाई तोड्नका लागि निषेधाज्ञा उपयुक्त उपाय देखिएकोले जेठ ३० गतेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।
बैठकले गरेको सिफारिस अनुसार अब प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपको आदेश जारी गर्नुहुनेछ । निषेधाज्ञा अब जेठ ३० मध्यराति १२ बजेसम्म रहनेछ । यसअघि बैशाख १६ गते पहिलो पटक एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि लगातार थप गर्दै बुधबार मध्यराति १२ बजेसम्मका लागि कायम गरिएको थियो ।
फेरी समयावधि थप गरेर जेठ ३० गतेसम्म पु¥याएको हो । एकमहिना लामो निषेधाज्ञामा संक्रमितको संख्या पनि कम हुदै गएपछि यसको प्रभावकारिताको मूल्यांकन गरेर समयावधि थप गर्न सिफारिस गर्ने बैठकले निर्णय गरेको केन्द्रका सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।
यस्तै बुधबारको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रण व्यावस्थापनका क्रममा मृतकहरुको शव व्यावस्थापनमा खर्च भएको ३ लाख ७१ हजार ६ सय १५, क्वारिन्टिन र होल्डिङ्ग सेण्टर व्यावस्थापनमा ७६ हजार १ सय, अनुगमन, कन्ट्याक्ट टे«सिङ्गको सवारी साधन इन्धनमा २ लाख ८ हजार ८ सय ६० गरी जेठ १९ गतेसम्मको ६ लाख ७५ हजार ७५ हजार ५ सय ७५ रुपैंया अनुमोदन गर्ने निर्णय गरेको सदस्यसचिव पौडेलले बताउनुभयो ।