थारु छात्रावासद्वारा निर्वाचित थारु जनप्रतिनिधिहरुलाई सम्मान 

थारु छात्रावासद्वारा निर्वाचित थारु जनप्रतिनिधिहरुलाई सम्मान 

वीरगन्ज, १९ असार । स्थानीय तह निर्वाचनमा निर्वाचित थारु जनप्रतिनिधिहरुलाई थारु छात्रावास वीरगन्जमा सम्मान गरिएको छ । पर्सा, बारा, रौतहट जिल्लाका स्थानीय तहमा निर्वाचित थारु जनप्रतिनिधिहरुलाई शनिबार एक कार्यक्रमको अयोजना गरि थारु छात्रावासले सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका संरक्षण अमृत खाँ थारुले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानपत्र सहित सम्मान गर्नुभयो । थारु छात्रावासका कोषध्यक्ष रामकृष्ण थारुको अध्यक्षतामा भएको कार्यक्रममा रौतहटको गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी, कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी,

चन्द्रपुर नगरपालिकाकी उप्रमुख जयमाला कुमारी चौधरी, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख रामदयाल यादव लगायतलाई सम्मापत्र सहित सम्मान गरिएको थियो ।

सम्मानपछि बोल्दै जनप्रतिनिधिहरुले थारु समुदायमा रहेको सांस्कृतिक विकृतिलाई हटाउनुपर्नेमा जोड दिए । उनीहरुले थारु समुदायमा अझै पनि पूरानतन सोच हावी भएको भन्दै अब नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने बताए । संस्कृति जोगाउने नाममा विकृती बढ्न दिन नहुने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इन्चार्ज नीरज पिठाकोटे मगर, अमृत खाँ थारु, शेखर चौधरी, सन्तलाल चौधरी, रामप्रसाद चौधरी, जयमाला कुमारी चौधरी, प्रदीप चौरसिया, रामदयाल यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मेलमिलाप थारु परिवारका मनोज चौधरीले स्वागत गरेको कार्यक्रमको संचालन पुनम चौधरीले गर्नुभएको थियो ।