‘त्यो पर्दैन’ भन्ने प्रधानमन्त्रीसँग सर्वोच्चद्वारा लिखित जवाफ माग

‘त्यो पर्दैन’ भन्ने प्रधानमन्त्रीसँग सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौं, ४ जेठ  । केपी शर्मा ओलीले तेश्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा भएको विषयमा परेको रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदा ‘प्रतिज्ञा गछुर्’ भन्ने शब्द प्रधानमन्त्रीले उच्चारण नगरेपछि दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भन्न लगाउदा ओलीले ‘त्यो पर्दैन भन्नुभएको थियो । केपी ओलीले प्रधानमन्त्रीको सपथ ग्रहणका क्रममा अशोभनीय कार्य गरेको र राष्ट्रको उच्च संस्थाको गरिमा नराखेको भन्दै व्यापक आलोचना भएको थियो ।