जीराभवानीमा जसपाको घरदैलोमा तीब्रता
कृष्णमोहन साह
वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकामा जसपा नेपालप्रतिको आकर्षण दिनप्रतिदिन बढदै गएको छ । जसपा नेपाल पार्टीले पर्साको जिराभवानीमा चुनाव प्रचार प्रसार घरदैलो कार्यलाई तिव्रता दिदै आएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा जसपा नेपाल पार्टीले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।
जसपा नेपाल पार्टीले पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी बिकाउ प्रसाद भन्डारी तथा उपाध्यक्ष पदको प्रत्यासी विन्दुदेवी चौधरी, वडाका वडाअध्यक्ष, नेशार मिया तेली लगायत वडा अध्यक्ष तथा वडा सदस्यका प्रत्यासी तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा जिराभवानी गाउपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।
जसपा नेपाल पार्टीले आईतबार जिराभवानी गाउँपालिकाको वडा नम्बर ३ को सुपौली गाउँमा घरदैलो गरेको छ । समाजमा बिकासको नाममा भ्रष्टचार बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताए । भ्रष्टाचार मुक्त गाउँपालिका निर्माण गर्ने आफ्नो मुख्य एजेन्डा रहेको अध्यक्ष पदका प्रत्यासी भण्डारीले बताउनुभयो ।
अबको चुनावमा शिक्षित योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउन जनताको घर घरमा पुगेर आग्रह गर्नुभएको थियो । अबको निर्वाचनमा जिराभवानी गाउँपालिकामा अध्यक्ष बिकाउ प्रसाद भण्डारी र उपाध्यक्ष विन्दुदेवी चौधरी र वडा अध्यक्ष नेशार मिया तेली जस्तो नेताको आवश्यकता रहेकोले गाउँपालिकालाइ भ्रष्टाचार मुक्त गर्न र जनताको सेवामा आफू सदैव लागि पर्ने भन्दै मतदान गर्न आग्रह गर्नुभयो ।
घरदैलो कार्यक्रममा सयौंको संख्यामा स्थानीय हरुको सहभागिता रहेको थियो । भण्डारी २०७४ को चुनाव प्रध्यानाध्यापकको पदबाट राजीनामा दिई जिराभवानी गाउँपालिकामा मधेसी जन अधिकार फोरमबाट अध्यक्षमा उम्मेदवारी दिनु भएको थियो । उहाँ पराजित भएर पनि जनताको सुख दुखमा काम गर्दै आएकोले अबको चुनाव भण्डारीलाई नै जिताउनु पर्ने स्थानीय हरुले बताएका छन ।