आफ्नै अक्सिजन प्लान्ट भएका देशका २८ अस्पताल जस्ले दैनिक २५४९ सिलिण्डर उत्पादन गर्न सक्छन्
वीरगन्ज, १४ बैशाख । कोभिड-१९ दोस्रो लहर उच्च बनेसँगै देशभर अक्सिजन आपूर्तिलाई लिएर चिन्ताहरु व्यक्त भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संकलन गरेको एक तथ्यांकले भने अहिले नै नेपालमा अक्सिजन सप्लाईलाई लिएर चिन्ता व्यक्त गर्न नपर्ने अवस्था रहेको देखाएको छ । देशभरका २८ वटा अस्पतालमा ३० वटा आफ्नै अक्सिजन प्लान्ट रहेको छ ।
मन्त्रालयका सह(प्रवक्ता समिरकुमार डा। अधिकारीकाअनुसार त्रिवि शिक्षण अस्पतालमा ३ वटा अक्सिजन प्लान्ट छन् भने धुलिखेल अस्पताल—काठमाडौं युनिभर्सिटी अस्पतालसँग २ वटा अक्सिजन प्लान्ट छन् । अन्य अस्पतालहरुमा एक—एक वटा अक्सिजन प्लान्ट रहेका छन् । जसबाट दैनिक २ हजार ५ सय ४९ सिलिण्डर उत्पादन गर्न सक्ने क्षमता रहेको छ । सरकारी अस्पतालमा जम्मा ६ हजार अक्सिजन सिलिण्डर रहेको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छ ।
निजी अक्सिजन प्लान्टले दैनिक ७ देखि ८ हजार सिलिण्डर भर्न सक्ने क्षमता छ । सरकारले अक्सिजनको अभाव नहुने र सिलिण्डर अभाव हुनसक्ने आँकलन गर्दै विदेशबाट सिलिण्डर ल्याउन पहल समेत अगाडि बढाएको छ । अस्पतालका आफ्नै अक्सिजन प्लान्टबाहेक विभिन्न अक्सिजन उधोगहरुले पनि अक्सिजन उत्पादन गरिरहेका छन् । नेपालमा अक्सिजन उत्पादन गर्ने उधोग २० वटा रहेका छन् । जसमध्ये काठमाडौंमा उपत्यकामा ८ वटा छन् ।
आफ्नै अक्सिजन प्लान्ट भएका २८ अस्पताल
१.बीएण्डसी हस्पिटल, झापा १ अक्सिजन प्लान्ट
२. न्युरो कार्डियो एण्ड मल्टिस्पेशसियालिटी हस्पिटल मोरङ १ अक्सिजन प्लान्ट
३. धनकुटा हस्पिटल, १ अक्सिजन प्लान्ट
४.नोबेल अस्पताल —विराटनगर १ अक्सिजन प्लान्ट
५. नेशनल मेडिकल कलेज १ अक्सिजन प्लान्ट
६. सिभिल हस्पिटल १ अक्सिजन प्लान्ट
७. परोपकार प्रसुती गृह, १ अक्सिजन प्लान्ट
८. भरतपुर अस्पताल, १ अक्सिजन प्लान्ट
९. वीरेन्द्र सैनिक अस्पताल, १ अक्सिजन प्लान्ट
१०. त्रिशुली अस्पताल, १ अक्सिजन प्लान्ट
११. धादिङ अस्पताल, १ अक्सिजन प्लान्ट
१२. त्रिवि शिक्षण अस्पताल, ३ वटा अक्सिजन प्लान्ट
१३. चितवन मेडिकल कलेज, १ अक्सिजन प्लान्ट
१४. धुलिखेल अस्पताल—काठमाडौं युनिभर्सिटी अस्पताल, २ वटा अक्सिजन प्लान्ट
१५. अल्का अस्पताल, १ अक्सिजन प्लान्ट
१६. धौलागिरी अस्पताल, बाग्लुङ, १ अक्सिजन प्लान्ट
१७. मणिपाल अस्पताल पोखरा, १ अक्सिजन प्लान्ट
१८. गण्डकी मेडिकल कलेज पोखरा १ अक्सिजन प्लान्ट
१९. फेवासिटी अस्पताल, पोखरा १ अक्सिजन प्लान्ट
२०. फिस्टेल हस्पिटल, पोखरा १ अक्सिजन प्लान्ट
२१. नेपालगन्ज मेडिकल कलेज, कोहलपुर १ अक्सिजन प्लान्ट
२२. लुम्बिनी मेडिकल कलेज, पाल्पा १ अक्सिजन प्लान्ट
२३. युनिभर्सल मेडिकल कलेज, भैरहवा १ अक्सिजन प्लान्ट
२४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला १ अक्सिजन प्लान्ट
२५. डडेल्धुरा अस्पताल, डडेल्धुरा १ अक्सिजन प्लान्ट
२६. सेती प्रादेशिक अस्पताल, कैलाली १ अक्सिजन प्लान्ट
२८. महाकाली अस्पताल कन्चनपुर १ अक्सिजन प्लान्ट