कोरोना संक्रमणका कारण वीरगन्जमा एकैदिन तीनजनाको मृत्यु
कोरोनाको दोश्रो लहर शुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । वीरगन्जको नारायणी अस्पतालमा १० जना, नारायणी बयोधा अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक १४ जना मध्ये पर्साका ११ जना, बाराका २ र सर्लाहीका १ जना हुन् ।
वीरगन्ज, १३ बैशाख । वीरगन्जमा फेरी दुईजना कोरोना संक्रमण्को कारण मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा एकजना र नारायणी बयोधा अस्पतालमा एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का ३८ बर्षीया महिलाको सोमबार साँझ पौने पाँचबजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार बिहान सवा १२ बजे नारायणी बयोधा अस्पतालमा भर्ना गराएकी ती महिलाको साँझ पौने पाँच बजे मृत्यु भएको हो । उनको बैशाख १० गते स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै सोमबार साँझ ६ बजे नारायणी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ का ४५ बर्षीया महिलाको सोमबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । आईतबार नारायणी अस्पतालमा भर्ना गरिएको उनको एन्टिजेन विभिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उनको कडा खालको निमोनिया देखिएको चिकित्सकले जनाएका छन् । यसअघि सोमबार बिहान मात्रै नारायणी अस्पतालमा एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का ६० बर्षीय पुरुषको मृत्यु भएको थियो । यो सहित पर्सामा सोमबार एकै दिन तीनजनाको मृत्यु भएको छ ।