मिटरब्याज घटनामा एक अर्ब २० करोड भन्दा बढीको मिलापत्र 

मिटरब्याज घटनामा एक अर्ब २० करोड भन्दा बढीको मिलापत्र 

वीरगन्ज, १५ साउन । मिटरब्याजसम्बन्धी घटनामा अहिलेसम्म मिलापत्रमा टुङ्गिएका उजुरीमा कुल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ रुपैयाँ कारोबार भएको छ । त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड २५ लाख ९२ हजार एक सय ९९ माग दाबी गरेको भेटिएको छ ।

त्यसमध्ये अहिलेसम्म ८४ करोड ३६ लाख ८३ हजार ३४ रुपैयाँ लेनदेन गर्ने गरी मिलापत्र भएको गृहमन्त्रालयका सूचना अधिकारी एवं उपसचिव उमाकान्त अधिकारीले जानकारी दिनुभयो । मिलापत्र गरेर कुल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीको भनाई छ ।

हालसम्म ५५ जिल्लामा कुल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र भएको गृह मन्त्रालयले जनाएको छ । २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी परेको छैन ।