सल्लाहकार सुवेदीले पनि छाडे बादलको साथ

९ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले बिहीबारदेखि आफूले बादलसँगको साथ छाडेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले बादलको सचिवालय र उनको राजनीतिक सल्लाहकारको भूमिकामा आजैदेखि राजनीतिक र नैतिक दृष्टिले नरहेको उल्लेख गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद बढ्दै गएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल […]

सल्लाहकार सुवेदीले पनि छाडे बादलको साथ

९ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले बिहीबारदेखि आफूले बादलसँगको साथ छाडेको बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले बादलको सचिवालय र उनको राजनीतिक सल्लाहकारको भूमिकामा आजैदेखि राजनीतिक र नैतिक दृष्टिले नरहेको उल्लेख गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद बढ्दै गएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै बैठक राख्न थालेका छन् । यस क्रममा केही दिन कुनै समूहमा पनि नजाने भनी मौन रहेका बादल बिहीबार भने ओली समूहको बैठकमा सहभागी भएका छन् ।

बादल ओली समूहको बैठकमा सहभागी भएको केहीबेरमै पथिकले फेसबुकमार्फत बादलको साथ छोडेको जानकारी गराएका हुन् ।