वीरगन्ज महानगरपालिकाद्वारा दुईवटा एम्बुलेन्स खरिद
वीरगन्ज, १० बैशाख । वीरगन्ज महानगरपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरेको छ । बिगतमा फैलिएको कोरोना महामारीमा एम्बुलेन्सको अभावले महानगरवासीलाई समस्या भएपछि त्यसबाट पाठ सिक्दै वीरगंज महानगरपालिकाले सम्पूर्ण रोगका बिरामीहरुको ओसार पसारका लागि दुईवटा एम्बुलेन्स खरिद गरेको महानगपालिकाका प्रमुख विजय सरावगीले बताउनुभयो ।
अहिले सुरु भएको दोश्रो लहरको कोरोना भाईरस (कोभिड–१९) मा एम्बुलेन्सले धेरै भन्दा धेरै सहयोग हुने विश्वास लिएको पनि उहाँले बताउनुभयो । वीरगन्ज महानगरपालिकाले नगरवासीहरुलाई बिरामी हुँदा अस्पतालसम्म पुग्नका लागि सहज होस भनेर दुईवटा एम्बुलेन्स आवश्यकता देखेर नै खरिद गरेको नगर प्रमुख सरावगीको भनाई छ ।
कोरोना महामारीमा निजी एम्बुलेन्स र अस्पतालका एम्बुलेन्सहरुले संक्रमितहरु बोक्न नमान्दा समयमा अस्पताल पु¥याउन नपाउँदा समस्या हुने गरेको थियो । अब महानगरपालिकाले यो महामारीमा दुईवटा एम्बुलेन्सलाई पूर्ण रुपमा उपयोग गर्ने उहाँले बताउनुभयो ।