वीरगन्ज जेसिजद्वारा खाद्यान्न सामग्री सहयोग
वीरगन्ज, १८ जेठ । कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञाबाट प्रभावित गरिब विपन्नहरुलाई निःशुल्क भोजन गराउदै आएको संस्थालाई वीरगन्ज जेसिजले खाद्यान्न सामग्री सहयोग गरेको छ । निषेधाज्ञाका कारणले बिहान बेलुका खान समेत समस्यामा परेका गरिब विपन्नहरुलाई निःशुल भोजन गराउदै आएको सहयोगी हात समूहलाई वीरगन्ज जेसिजले विभिन्न खाद्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
वीरगन्ज जेसिजका अध्यक्ष रञ्जन राउतले सहयोगी हात समूहका सरोज सिंहलाई चार बोरा चामल, २ सिलिण्डर खाना पकाउने ग्याँस एक कार्टुन खानेतेल र १० डिब्बा माक्स हस्तान्तरण गरेको जेसिज वीरगन्जका पूर्व अध्यक्ष शेखर चौधरीले जानकारी दिनुभयो ।