वीरगन्जमा कोरोना संक्रमण दर ३२ प्रतिशतमा झ¥यो
वीरगन्ज, ४ जेठ । दोश्रो लहरमा पनि कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा संक्रमण दर घट्दै गएको छ । पछिल्लो १० दिनको अवधिमा वीरगन्जमा कोरोना संक्रमणको दर घटेर ३२ प्रतिशतमा झरेको छ । बैशाख १६ गते देखि लगाइएको निषेधाका कारण वीरगन्जमा संक्रमणको साङलो चुँडिदै गएकोले संक्रमण दर घटदै गएको हो । सोमबार राति गरिएको परीक्षणमा पर्साका ५८ सहित ९५ जनाम मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
२८८ स्वाबको नमूना पीसीआर परीक्षण गर्दा ९५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । ९५ जना मध्य ५८ जना पर्साका, बाराका २१, रौतहटका ९ जना र सर्लाहीका ७ जना रहेका छन् । वीरगन्जमा बैशाख तेश्रो साता तिर संक्रमण दर बढेर ७० प्रतिशत भन्दा बढि पुगेको थियो । तर बैशाख अन्तिम साता यता देखि भने संक्रमण दर औसतमा ४५ प्रतिशतमा झर्दै आज ३२ प्रतिशतमा आईपुगेको हो ।
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बैशाख २५ देखि यता दैनिक हुदै आएको परिक्षणमा संक्रमण दर ४५ प्रतिशतको हाराहारीमा रहेकोमा पछिल्लो २ दिनमा भने ४३.८३ प्रतिशतमा झरेको छ । बैशाख २५ देखि अस्ती जेठ ३ गते सम्म २ हजार ६ सय ५३ जनाको परिक्षण गर्दा १२६३ जनामा अर्थात ४३.८३ प्रतिशतमा मात्र संक्रमण भेटिएको हो । निषेधाज्ञाले संक्रमणको चेन ब्रेकमा काम गरेकै कारणले वीरगन्जमा संक्रमण दर कम हुदै गएको अनुमान गरिएको छ ।
यसको नियन्त्रण मानवीय बानी व्यवहारमा नै भर पर्ने भएकोले सबैले आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गरे चाडै यस महामारीबाट छुटाकार पाउन सकिने विज्ञहरुको भनाई छ । वीरगन्जमा संक्रमण दर अझै कम गर्न कम्तिमा अझ २ हप्ता निषेधाज्ञालाइ निरन्तरता दिनु पर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । अहिले शहरी क्षेत्रमा आएका कोरोना संक्रमणको केस निषेधाज्ञा पहिलेकै बेला संक्रमण भएकाहरु रहेकोले शहरी क्षेत्रमा संक्रमण बृद्धि दर स्थिर रहेको डाक्टर उदयनारायण सिंहले बताउनुभयो ।
संक्रमण शहरबाट अब गाँउ तिर सरेर समुदायस्तरमै फैलिसकेकाले ग्रामीण भेगमा युद्धस्तरमा लाग्नु पर्ने सुझाव दिदै उहाले अब ग्रामीण भेगमा पनि कम्तिमा पनि २ साता निषेधाज्ञालाइ कडाइ गरेर परिक्षणको दायरा बढाउन सकियो भने त्यसले सुखद नतिजा दिने निश्चित रहेको बताउनुभयो ।