लायन्स क्लब अफ अमलेखगञ्जद्वारा स्वास्थ्य शिविर तथा थेरापी सञ्चालन

लायन्स क्लब अफ अमलेखगञ्जद्वारा  स्वास्थ्य शिविर तथा थेरापी सञ्चालन

वीरगन्ज, २८ फागुन ।

लायन्स क्लब अफ अमलेखगन्जले शनिबार स्वास्थ्य शिविर तथा थेरापी सेवाको आयोजना गरेको छ । लायन्स क्लब अफ अमलेखगञ्जको सहयोगमा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा २१ र २२ का गरी करिब ५० जनाले स्वास्थ चेकजाँच र थेरापी सुविधा लिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष  कृष्ण बहादुर शाही ठकुरी र इलाका प्रहरी कार्यालय अमलेखगञ्जका  प्रमुख प्रहरी नायव निरीक्षक कलाम शहीले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष चुडामणी खरेलको अध्यक्षतामा भएको हो । प्रकृति आयुर्वेदिक सेन्टरको तर्फबाट डा। रमेशकुमार चौधरीले स्वास्थ्य चेकजाँच गर्नु भएको लायन्स क्लब अफ अमलेखगञ्जकी कोषाध्यक्ष बर्षा कुमारी मगर जानकारी दिनुभयो ।