राजस्व छलि गरेको भारतीय ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 

 राजस्व छलि गरेको भारतीय ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 

 राजस्व छलि गरेको भारतीय ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 
वीरगन्ज, ३ असार । भारतबाट तस्करी गरी ल्याईएको पाल्मोलियन आयल लोड गरेको ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सप्तरीको हनुमान नगर कंकालीनी नगरपालिका वडा नम्बर–१ कोेशी ब्यारेज स्थित पूर्वपश्चिम राजमार्गको सडक खण्डमा युपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले  रोकेर चेकजाँच गर्दा

उक्त ट्रकमा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैया मुल्यकोे १५ सय टिन पाल्मोलियन आयल बरामद गरेको हो ।

ट्रकका चालक भारतको कानपुरका ३० बर्षीयअवध बाबु र सहचालक २३ वर्षीय धिरज कुमारलाइ पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको रिफाइन्ड पाल्मोलियन आयलको ५४ लाख ९६ हजार र ट्रकको ५५ लाख गरि कुल १ करोड ९ लाख ९६ हजार मुल्यांकन गरि आवश्यक कार्वाहीका

लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिनुभयो ।