बेलायतमा फैलियो डेल्टा भेरिएन्ट
एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्ट तीब्र रुपले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यहाँ बिगत एक सातामा ३२ प्रतिशतले डेल्टा भेरियन्टमा वृद्धि भएको हो । बेलायतमा खोप अभियान द्रुत गतिले अघि बढीरहेकै बेला फैलिएको डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या बढेपनि मृतकको संख्यामा भने कमी आएको छ ।
बेलायती बैज्ञानिकहरुले हालै गरेको अनुसन्धानमा खोप लगाएका ब्यक्ति भन्दा खोप नलगाएका ब्यक्तिहरु डेल्टा भेरियन्टका कारण प्रभावित भएका छन् । बेलायतमा पछिल्लो २४ घण्टामा ५४ हजार २ सय बढी संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणका कारण जारी लकडाउन अघिल्लो साताबाट खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीब्र रुपमा फैलिएको हो । बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख २८ हजार ३ बढीको मृत्यु भइसकेको छ ।