बोनसको जीवन फर्काउदै पुर्नजीवन नेपाल
वीरगन्ज, २७ बैशाख । विश्व भूमण्डलीकरणको प्रभावले अहिले आधुनिक समाजका धेरै युवाहरु कुलत र दूर्व्र्यसनीमा फसेका छन् । जाने होस् या नजानेर अधिकांश युवाहरु साथी संगतमा परेर कुलत र दुर्व्यसनीमा आफ्नो जीवन बर्वाद बनाईरहेका छन् । उनीहरुको एक्लो जीवन त खेर फालेका छन् कतिपयको घर परिवार समेत भत्किएको छ ।
देशको युवा जनशक्ति नै यस्तो कुलतमा फसेपछि समाजमा आपराधिक कृयाकलापहरु पनि बढ्न जान्छ । यसले गर्दा समाजमा सुरक्षा चूनौती पनि बढ्छ । कुलतमा फसेका र दुर्व्यसनीका शिकार भएर आफ्नो जीवनलाई नै जोखिममा पारेका युवाहरुको बोनसको जीवन फर्काउन पुर्नजीवन नेपालले काम गर्दै आएको छ । आपूmपनि पहिले दुर्व्यसनको शिकार भएर छुटकारा पाएका वीरगन्जका युवा अजितम पाण्डे अहिले आफ्नो जीवन मात्रै सुधार्नु भएको छैन । आपूm जस्तै अन्य सयौंलाई पुर्नजीवन दिलाउनले काममा लाग्नु भएको छ ।
सयौं परिवारमा खुशीयाली ल्याउने र परिवार नै उज्यालो बनाउन उदाहरणीय काम गर्नुभएको छ । प्रदेश नम्बर २ को धनुषा जिल्लामा रहेको क्षीरेश्वर नाथ नगरपालिका वडा नम्बर २ मा २०७५ साल चैत २७ गते उहाँले पुर्नजीवन नेपाल नामक पुर्नस्थापना केन्द्रको स्थापना गरेर अहिले दुर्व्यसनमा फसेकाहरुको जीवन सुधार्न लाग्नुभएको छ । उहाँले संचालन गरेको पुर्नस्थापना केन्द्रबाट अहिले करिब एकसय जना शारिरिक र मानसिक रुपमा स्वस्थ र तन्दूरुस्त भएर घर फर्किएको छ ।
स्थापनाको शुरुवातमा ५० वटा वेड सहितको सेवा सुरु गर्नुभएका पाण्डेको सुधार केन्द्रमा अहिले ६६ जना विभिन्न कुलतमा फसेकाहरुको उपचार भईरहेको छ । लागू औषध प्रयोगकर्ता, मदिरा सेवन गर्ने, मानसिक स्वास्थ्यमा समस्या भएका लगायत गरी अहिले सुधार केन्द्रमा ६६ जनाले उपचार लिईरहेका छन् । उनीहरुको उपचारका लागि एकजना फिजिसियन र एकजना मानसिक रोग विशेषज्ञ सहित मनोपरामर्शदाता ४ जना र २६ जना स्वयंसेवकहरुले सेवा दिईरहेका छन् । सुधारकेन्द्र रहेकाहरुको निगरानीका लागि सीसीटिभी सहितको कडा सुरक्षा व्यावस्था रहेको छ ।
त्यस्तै उनीहरुको मानसिक स्वास्थ्य विकासका लागि विभिन्न खेलकुदहरु टेवल टेनिस, क्यारामवोर्ड, चेस, लुडो, भलिबल लगायतका सुविधाहरु उपलब्ध गराईएको पाण्डेले बताउनुभयो । हरेक दिन बिहान योगा सहितको गीत संगीत र नृत्यको व्यावस्था गरिएको छ । सुत्नका लागि स्वच्छ र सफा कोठा सहितको वेड रहेको छ । उपचारका लागि बसेकाहरुलाई हप्तामा दुइपटक मासु सहितको सन्तुलित र पोषणयुक्त खाना दिने गरिएको उहाँले बताउनुभयो । उपचारका लागि ल्याउने बेलामा निकै चुनौतीको सामना गर्नुपर्ने र कतिपयलाई ल्याउने बेलामा हातपात समेत गर्ने गर्छन् ।
पुर्नजीवन सुधार केन्द्रमा नेपालको पर्सा, धनुषा, सप्तरी, महोत्तरी, काठमाडौं, सुर्खेत तथा भारतका विभिन्न स्थानबाट पनि बिरामीहरु ल्याउने गरेको छ । उपचारका लागि ल्याउने समयमा अभिभावकहरुसँग सम्झौता गरेर कानूनी प्रकृया पु¥याएर नै ल्याउने गरिएको छ । कतिपय आर्थिक अवस्था कमजोर भएकाहरु पनि त्यस्तो दुव्र्यसनी र कुलतमा फसेकाहरु छन् । त्यस्तो आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्नेहरु ५ जनालाई सुधार केन्द्रमा निःशुल्क उपचार गराई रहेको पाण्डेले बताउनुभयो । उपचार लिनेहरुका लागि बढीमा १५ हजारसम्म मात्रै शुल्क लिने गरेको छ ।
सुधार केन्द्रमा १२ बर्षदेखि ५० बर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । उक्त केन्द्रमा आएकाहरु ऋधिकतम परिवारले समय नदिने, आफ्ना परिवारका सदस्यहरुको ख्याल नगर्ने, गलत संगतमा लागे नलागेको निगरानी नगर्दा त्यस्तो कुलतमा फस्ने गरेको पाईएको पाण्डेले बताउनुभयो । ५० बर्षसम्मका व्यक्तिहरु काम नपाएर मदिरा सेवन गरेर बस्ने, कामन नगर्ने कतिपय मदिरा पिउँदा पिउँदै बानी परेर विग्रिएकाहरु पनि रहेका छन् । सुधार केन्द्रमा उपचारका लागि आउनेहरुलाई विद्यार्थी नै भन्ने गरिएको छ ।
उनीहरुलाई बिहान उठेदेखि बेलुका नसुते सम्म समयतालिका अनुसारको विभिन्न रचनात्मक क्रियाकलापमा सहभागि गराएर मानसिक विकास गर्ने गरिन्छ । निको भएर गएकाहरुका परिवारबाट पनि राम्रो पृष्ठपोषण पाएकोले सन्तुष्ट नै हुनुहुन्छ । उपचार पाएर घर फर्किएकाहरु अहिले कोही विवाह गरेर सुखमय दाम्पत्य जीवन बिताई रहेको, कोही परिवारको व्यावसाय नै धानेका छन् ।
कोही त्यही सुधार केन्द्रमा नै नयाँ विद्यार्थीहरुलाई सुधार गर्न स्वयंसेवकको रुपमा खटिएको पाण्डेले बताउनुभयो । कोही भने वैदेशिक रोजगारीका लागि विदेशमा पनि गएको उहाँले बताउनुभयो । गलत संगत र गतल कामले गर्दा आफ्नो जीवनलाई नै जोखिममा राखेकाहरुको उपचार पछि उनीहरुले चाहेको खण्डमा सबै प्रमाणहरु समेत नष्ट गर्ने गरिएको र उसको भविष्यमा कही कतै कुनै गलत छवि नहोस भन्नेमा पुर्नजीवन केन्द्रले सजग र सतर्कताका साथ गोपनियता कायम गर्ने गरिएको उहाँले बताउनुभयो ।
पुर्नजीवन केन्द्रमा जीवन सुधार कसरी गरिन्छ ?
उपचार विधिका लागि नारकोटिक एनोनम्स र अल्कोहल एनोनम्स अर्थात एनए र एए भनेर छुट्याईन्छ । जसलाई गुमनाम समूह भनिन्छ । त्यही आधारमा नै विद्यार्थीलाई उपचार शुरु गरिन्छ । उपचारका लागि ल्याएपछि केन्द्रले तय गर्ने १२ वटा चरण पार गरिसकेपछि मात्रै घर फर्किन पाईन्छ । केन्द्रमा ल्याएपछि शुरुमा प्रश्नावली दिईन्छ ।
यो चरणमा व्यक्तिगत विवरणदेखि उसले अहिलेसम्म गरेको गतिविधिहरु, किन कुलतमा लाग्नुप¥यो ? कसरी फस्यो ? लगायतका विषयहरुको जानकारी लिईन्छ । त्यसपछि बिहान आध्यात्मिक प्रवचनको माध्यमले आध्यात्मिक जागरण पैदा गराउने गरिन्छ । कम्तीमा चार महिना अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसपछि पनि २ महिना स्वयंसेवकको रुपमा सुधार केन्द्रमा नै काम गर्नुपर्छ । १ बर्ष बस्नेहरुलाई ६ महिनासम्म दिवा सेवामा राखिन्छ ।
कोरोना महामारीको जोखिममा उच्च सतर्कता
अहिले विकराल रुप बनेको कोरोना महामारीमा एकै ठाउँमा धेरै मान्छे बस्ने स्थानहरु बढी जोखिममा रहेका छन् । तर, पुर्नजीवन सुधार केन्द्रले कोरोना महामारीको जोखिममा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेले बताउनुभयो । अहिले नयाँ भर्ना बन्द गरिएको र भर्ना लिनैपर्ने भएपनि पीसीआर रिपोर्टलाई अनिवार्य गरिएको छ ।
२५ जनालाई एकठाउँमा घुलमिल हुन दिईएको छैन । सबैलाई भौतिक दूरी कायम गरेर राख्ने गरिएको उहाँले बताउनुभयो । कसैको परिवार भेटघाटका लागि आएपनि अहिले भेटघाटमा रोक लगाईएको छ । भेट नगरी नहुने परिवार र आफन्तलाई ३ मिटरको दूरीमा बसेर भेट गर्न दिईएको पाण्डेले बताउनुभयो । सबैजनालाई मास्क अनिवार्य गरिएको र सेनिटाईजरको व्यावस्थापनि गरिएको उहाँको भनाई छ ।
समाज र प्रहरी प्रशासनको सहयोग
सुधार केन्द्र संचालनमा समाजको सहयोग रहेन भने निकै चुनौतीको सामना गर्नुपर्छ । तर, समाजको र स्थानीय प्रहरी प्रशासनले सुधार केन्द्र संचालनमा पर्याप्त सहयोग र समन्वय गरेको पाण्डे बताउनुहुन्छ । सुधार केन्द्रले समाजमा आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न सहयोग पुग्ने र समाजमा शान्ति फैल्याउन मद्दत पुग्ने भएकोले पनि समाजको सकारात्मक सहयोग आवश्यक रहेको पाण्डेको बुझाई छ । समाजमा बिग्रिएका व्यक्तिहरुलाई नै सुधार गर्न सुधार केन्द्र संचालनमा आएको हुँदा त्यस्ता सुधार केन्द्रलाई समाजले सहयोग गरे प्रहरी प्रशासनलाई पनि सुरक्षा चुनौती कम हुने उहाँको तर्क छ ।
राज्यको लगानी आवश्यक
व्यक्तिगत लगानीमा संचालन गरिने यस्ता सुधार केन्द्रहरु मध्य केहीले मात्रै राज्यको तर्फबाट अनुदान सहयोगहरु पउने गरेका छन् । सुधार केन्द्रलाई दिईने अनुदान सहयोगपनि पर्याप्त छैनन् । न्यूनतम रकम मात्रै सुधार केन्द्रहरुलाई अनुदान दिईने गरेको छ । समाजमा शान्ति, अमन चयन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने यस्ता सुधार केन्द्रहरुलाई राज्यको तर्फबाट पनि पर्याप्त आर्थिक तथा भौतिक पूर्वाधार निर्माणमा लगानीको आवश्यक रहेको पाण्डेले बताउनुभयो ।
अहिले २ बर्ष संचालन भएका सुधार केन्द्रहरुलाई सहयोग पाउने गरेको छ । राज्यले यस्ता सुधार गृहका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारहरुको निर्माणमा मात्रै बजेट उपलब्ध गराईदिए सुधार केन्द्रहरुलाई सहज हुने र यसले थप हौसला पनि प्राप्त हुनुको साथै सुन्दर र शान्त समाज निर्माणमा पनि उपयोगी हुनेछ ।