बेचबिखनमा परेका दुईमहिला र दुई बालबालिकाको उद्दार
वीरगन्ज, २३ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचविखनमा परेका चारजनालाई उद्दार गरेको छ । झापा जिल्लाबाट झण्डै दुई वर्ष अगाडि नावालक छोराछोरी सहित हराएका १८ र १९ बर्षीया २ जना युवतीहरूको पर्सा प्रहरीले उद्दार गरेको हो ।
आकर्षक काममा लगाइ दिने भनी झुक्याई प्रलोभनमा पारेर लगेका उनीहरुलाई खोजतलास गर्दै जाने क्रममा भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट उनीहरुलाई उद्दार गरिएको हो ।
वेचविखनमा परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले माईती नेपाल पर्सा तथा भारतीयसमकक्षी अधिकारीहरुसँग समन्वयमा उनीहरुलाई उद्दार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
उनीहरुलाई झुक्याएर लगेरका मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।