पर्सामा पहिलो पटक  अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप हुने 

पर्सामा पहिलो पटक  अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप हुने 

वीरगन्ज । वीरगन्जमा अगामी चैत २५ गतेदेखि वीरगन्जको नगरसभा गृहमा पर्सा अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ । वीरगन्जमा हिजो पत्रकार सम्मेलनको आयोजना गरेर संयोजक बिरेन्द्र बहादुर कुर्मी क्षेत्रीले करिब ३० लाखको लगानीमा अन्तरराष्ट्रिय  तेक्वान्दो च्याम्पियनशिप हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सा अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल, भारत र बंगलादेशका गरी करिब ३ सय जना खेलाडी सहभागी हुनेछन । पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश मान श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका सल्लाहकार निशान्त लामिछाने,

पर्सा जिल्ला तेक्वान्दो संघका रोसन गुप्ता, देवलाल ठाकुर, प्रशिक्षकहरु सकिल शेख, विजय साह ठकुरी, नाजिर हुसेन अंसारी लगायतका सहभागी थिए । पत्रकार सम्मेलनको सहजीकरण मिडिया संयोजक भुषण यादवले गर्नुभएको थियो ।