प्रदेशसभा सदस्य डाक्टर अञ्जु कुमारीले गर्नुभयो पुर्नजीवन संस्थालाई २ लाख बराबरको सहयोग

प्रदेशसभा सदस्य डाक्टर अञ्जु कुमारीले गर्नुभयो पुर्नजीवन संस्थालाई २ लाख बराबरको सहयोग

वीरगन्ज, १६ जेठ । प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य डा. अञ्जु कुमारी यादवले पुर्न जीवन नेपाल संस्थालाई स्वास्थ्य सामाग्री र औषधी सहयोग गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहनका लागि रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्ने औषधी र स्वास्थ्य सामाग्री प्रदेश सभा सदस्य डा. यादवले पुर्न जीवन नेपाल पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक अजितम पाण्डेलाई हिजो हस्तान्तरण गर्नुभएको हो ।

डा. यादवले रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी कोड्रिट १ कार्टुन, कार्टगो १ कार्टुन, क्रुसिउमिन १० डब्बा, फेसशिल्ड, पञ्जा, सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको हो । जनता समाजवादी पार्टीबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य रहनु भएकी डा. यादवले पुर्न जीवन नेपालको स्थलगत अवलोकन निरीक्षणपछि त्यहाँ रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित राख्नका सहयोग पुगोस भनेर  सहयोग गरेको बताउनुभयो ।

स्वास्थ्य सामग्री ग्रहण गरेपछि पुर्नजीवन नेपाल पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक अजितम पाण्डेले डा. यादवलाई धन्यवाद दिदै सहयोगले समाज परिवर्तनका लागि आपूmलाई थप हौसला प्राप्त भएको बताउनुभयो । डाक्टर यादवले यसअघि नारायणी अस्पताललाई पनि स्वास्थ्य उपकरण उपलब्ध गराउनुका साथै निःशूल्क रुपमा भोजन वितरण गर्दै आएको रेल्वे कटेजलाई पनि खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । पहिलो चरणको कोरोना महामारीमा पनि उल्लेख्य सहयोग गर्नुभएकी डा.यादव नयाँ भेरियन्ट सहितको संक्रमणमा पनि सामाजिक कामहरुमा सक्रिय रहनुभएको छ ।