नेपाल हर्ब्स इण्डष्ट्रिजको म्याद सकिएको ६३ लाख ६२ हजार बराबरको सामान नष्ट 

नेपाल हर्ब्स इण्डष्ट्रिजको म्याद सकिएको ६३ लाख ६२ हजार बराबरको सामान नष्ट 

वीरगन्ज, २९ फागुन । नेपाली युवा उद्यमीको रुपमा परिचित विश्वकरण जैनको नेपाल हर्ब्स इण्डष्ट्रिजबाट ठूलो परिमाणमा म्याद सकिएको कस्मेटिक सामग्रीहरु जफत गरेर नष्ट गरेको छ ।

वीरगन्जको आदर्शनगर वडा नं.–१० स्थित नेपाल हर्ब्स इण्डष्ट्रिज कस्टेमेटिकमा म्याद सकिएको कस्मेटिक सामान जफत गरी नष्ट गरिएको हो ।

म्याद गुज्रिएको सामान राखिएको उजुरीको आधारमा जिल्ला अनुगमन समितिले अनुगमन गर्दा विक्रीका लागि राखिएका कस्मेटिकका सामानहरु १५९ वटा प्रकारको ३२ हजार ५ सय ६ पिस बरामद भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

म्याद सकिएको सामान भेटिएपछि गोदाम शिल गरी अनुसन्धान गर्दा मूल्य ६३ लाख ६२ हजार १३५ मूल्य बराबरको क्रिम, लोसन, सन क्रिम, मेहंदीहरु विभिन्न प्रकारका सामान नष्ट गरिएको  उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जका सूचना अधिकारी दिलिप खंग खत्वेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवको नेतृत्वमा वाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्ज उद्योग वाणिज्य संघ,

उपभोत्ता हित संरक्षण मञ्च वीरगन्ज महानगरका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले ९० बोरा र २०० कार्टुन आइतबार नष्ट गरिएको उपभोत्ता हित संरक्षण मञ्च वीरगन्ज महानगरका अध्यक्ष अजित कुमार भुजेलले जानकारी दिनुभयो ।