नेकपा माओवादी केन्द्र पर्सामा पार्टी प्रवेश गर्नेहरुको ओईरो लाग्यो, क्षेत्र नम्बर ४ मा पार्टी प्रवेश र कमिटि गठन तीब्र 

नेकपा माओवादी केन्द्र पर्सामा पार्टी प्रवेश गर्नेहरुको ओईरो लाग्यो, क्षेत्र नम्बर ४ मा पार्टी प्रवेश र कमिटि गठन तीब्र 

वीरगन्ज, ४ भदौ । पार्टी संगठन कमजोर रहेको नेकपा माओवादी केन्द्र पर्सामा अहिले पार्टी प्रवेश गर्नेहरुको ओईरो लागेको छ ।

जसपाका केन्द्रीय सदस्य एवं प्रभावशाली विरेन्द्र यादव, केन्द्रीय सदस्य टेक बहादुर शाक्य र मधेस आन्दोलनका अर्का प्रभावशाली युवा नेता एवं जसपा मशेस प्रदेश कमिटिका सदस्य सलाउद्दीन अहमद नेकपा माओवादी केन्द्रमा आएपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको ओईरो नै लागेको छ ।

पर्साको क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश र कमिटि गठनलाई तीब्रता दिएको छ । यहिक्रममा नजगरनाथपुर गाउँपालिका वडा नम्बर–४, सुपुरमा पार्टी प्रवेश तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको पार्टी प्रवेश तथा वडा भेलाले तीनवटा कमिटि गठन गरेको छ ।

जितेन्द्र चौधरीको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी, अमलेश कुमार यादवको अध्यक्षता २५ सदस्यीय वाइसियल वडा समिति र  जितन ठाकुरको अध्यक्षतामा २५ सदस्यीय किसान सङ्गठ्न गठन गरिएको नेकपा माओवादी केन्द्रका  प्रदेश सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, बिशिस्ट अतिथि केन्द्रीय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, कृष्णमोहन प्रसाद यादव , नेता सरिफ गद्दी , दिपेन्द्र चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेताहरुले गाउँपालिकाको लापरवाहीले सामाजिक सुरक्षा भत्ता लाभग्राहीले पाउन नसकेको बताउदै जनतालाई दुःख दिने मनसाय भएका व्यक्तिहरुको अबको निर्वाचनमा जनताले पाठ सिकाउने बताए ।

उनीहरुले अहिले परिवर्तनको संवाहक नेकपा माओवादी केन्द्र पार्टी एकमात्रै पार्टी रहेकोले पार्टीमा अझै आउनेक्रम जारी रहने बताए । पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि सम्पूर्ण वडा समितिका १५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।