जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठक सम्पन्न, कोभिड संक्रमण नियन्त्रणका लागि विभन्न निर्णय
ट्रिब्यून न्युज
वीरगन्ज, २९ चैत । कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि पर्साको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु पनि गरेको छ ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ कोरोनाको दोस्रो लहर बढेसंगै नेपालमा पनि कोरोनाको संक्रमित बढ्दै गएको र देशकै प्रमुख प्रवेशद्वार वीरगंज सबै भन्दा जोखिम भएकोले पूर्व तयारीका साथ सतर्कता अपनाउनका लागि विभिन्न निर्णयहरु गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।
वीरगन्ज मुख्य नाका भएकोले यो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको बिगतको घटनाले नै प्रमाणित भैसकेको अवस्थामा वीरगंज लगायत पुरै पर्सा जिल्लालाई संक्रमणको जोखिममा पर्न नदिन जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठक बसेको हो ।
वीरगन्ज महागनरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सहित पर्सा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरु, गैरसरकारी संस्थाका प्रतिनिधि, चिकित्सक र सुरक्षा निकायका प्रमुखहरु विभिन्न राजनीतिक पार्टी अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितमा बृहत छलफल गरेर निर्णयहरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।
जिल्ला संकट व्यावस्थापन केन्द्र (डीसीएमसी) ले गरेको निर्णहरु
१. घरबाट बाहिर निस्ने सम्पुर्ण लाई मास्क अनिवार्य गर्ने ।
२. २५ जना भन्दा बढि मानिस हरु एक ठाउँमा भेला हुन नदिने ।
३. नेशनल मेडिकल कलेजले कोरोनाकालामा संचालन गरेको १७० बेडको कोरोना अस्पताल लाई सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने ।
४. अन्य विभिन्न निजी अस्पतालहरुले केही कोरोना बिरामीहरुको लागि छुट्टै वेडको व्यवस्था गरेर राख्ने ।
५. भारतबाट लामो बसाइ बसेर आएका ब्यक्तिहरुलाई कम्तीमा १० दिन क्वारेन्टाइन बस्ने व्यावस्था गर्ने ।
६. वीरगन्ज, मुख्य भन्सारमा भारतबाट आएका ब्यक्तिहरुलाई नाकामा नै ज्वरो मापन गर्ने, एन्टिजेन टेस्ट गर्ने ।
७. बैठकले गरेका निर्णहरु प्रभावकारी कार्यान्वयनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने ।
८. प्रत्येक स्थानीय तहले आइशोलेसन र क्वारेन्टिनको व्यावस्थापन गर्ने ।
९. होटलहरुलाई पनि आइशोलेसनको रुपमा प्रयोग गर्न सकिने ।
१०. राति ९ बजेपछि कुनैपनि पसल बजारहरु खोल्न नदिने ।
११. घरबाहिर निस्किदा अनिवार्य रुपमा मास्क र सेनीटाईजरको प्रयोग गर्ने । मास्क नलगाएका व्यक्तिलाई र जनस्वास्थ्य मापदण्ड नअपनाएका व्यक्तिलाई संक्रामक ऐन अनुसार कारवाही गर्ने ।