कर्णाली प्रदेशमा विष्ट र शर्मा मन्त्री थपिदै
वैशाख, २९ सुर्खेत । कर्णाली प्रदेशमा दुईजना मन्त्री थपिदै छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गर्नुभएको छ । मन्त्रीहरुको बुधबार नै सपथ ग्रहण गराउने तयारी गरिएको छ ।
विष्टलाई आन्तरिक मामिला तथा कनून मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । वर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।