आकर्षक नारा लेखेका नेपालका वीमा कम्पनीको महाविपत्तीमा योगदान खोई ?
१. किन की जीवन अमूल्य छ............
२. जीवन अघि पनि, जीवन पछि पनि..............
३. निश्चिन्त भव.....................
४. समृद्धि तपाईको, साथ हाम्रो..............
५. सबैको लागि, सधैंको लागि हाम्रो सुरक्षा.........
६. मेरो आत्म विश्वास मेरो मेटलाईफ..........
७. जीवनको हरेक पाईलामा प्रभु लाईफको साथ..................
८. वीमा पनि बचत पनि..................
९. भविष्य सुनिश्चित गर्दै..................
१०. जीवन अमूल्य छ, सुरक्षित गर्नुहोस.................
११. तपाईको भविष्य, हाम्रो जिम्मेवारी....................
१२. रिलाईएबल सधैंभरीलाई...............
१३. सधैं तपाईको साथ...................
१४. सबैको लागि सुरक्षा, शिक्षा र समृद्धि
१५. खुलेर जिऔं..........
१६. सुरक्षित भविष्य..............
यी माथिका आकर्षक नाराहरु हुन् नेपालमा संचालनमा रहेका जीवन वीमा कम्पनीहरुको ! नेपालमा जीवन वीमा कम्पनीहरु १९ वटाले सेवा दिईरहेका छन् । उनीहरुले हरेक व्यक्तिको जीवन महत्वपूर्ण छ भन्ने बोध गराउँदै ग्राहकलाई आफ्नो वीमा लेख विक्री गर्ने गरेका छन् । उनीहरुले जसरी व्यक्तिलाई हरेक किसिमले सम्झाई बुझाई गरेर आफ्नो वीमा विक्री गर्ने गर्छन् ।
यो व्यावसायिक कुरा भयो । वीमा कम्पनीको व्यापारको कुरा भयो । गतबर्षदेखि मानव सभ्यताको नै अन्त्य पार्ने गरी फैलिएको कोरोना भाईरस संक्रमणको महामारीमा यी वीमा कम्पनीहरुले आफ्नो ग्राहकका जीवन रक्षाका लागि ढुक्क त बनाए । तर, सामाजिक उत्तरदायीत्वको विषयमा भने वीमा कम्पनीहरु दरिद्र नै देखिएका छन् । यहाँ सम्मकी कोरोना संक्रमितको संख्या बढेपछि वीमा समेत नगर्ने निर्णय गरे ।
यो महामारीको संकटमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई पनि बुझेर कम्पनीहरुले केही सामाजिक दायित्व वहन गर्नुपर्ने थियो । तर, जीवन वीमा कम्पनीहरु यो महामारीमा पनि घर घरमै विभिन्न माध्यमको प्रयोग गरेर वीमा लेख विक्री गरिरहेका छन् । यति ठूलो महाविपत्तीमा वीमा कम्पनीहरुको अलिकति पनि उदारता देखिएन । जतिपनि वीमा कम्पनीहरुले मिठा र आकर्षक नाराहरु लेखेर वीमा गराउन ग्राहकलाई लोभ्याउने गरेको भएपनि कोरोना कहरमा वीमा कम्पनीहरुले कुनै योगदान दिएका छैनन् ।
व्यक्तिको ज्यान रहे मात्रै वीमा कम्पनीहरुले वीमा गर्न पाउछन् र विमितले तिरेको प्रिमियमबाट नै उनीहरुले नाफा पनि कमाउछन् । त्यहिबाट वीमितको जोखिम पनि वहन गर्छन् । यो महाविपत्तीमा भने समाजको लागि दिने योगदानका लागि भने उदासिन देखिन्छन् । जीवन वीमा कम्पनी मात्रै होईन यहाँ निर्जीवन वीमा कम्पनीहरुको पनि सामाजिक उत्तरदायित्व उक्तिकै हुन्छ । उनीहरुले पनि यो महामारीमा वीमा लेखहरु त विक्री गरिरहेकै हुन्छन् ।
वीमा गरेका ग्राहकहरुको यो महामारीको अवधिको जरिवाना समेत छुट गर्दैनन् । व्यावसायको सामाजिक जिम्मेवारी सरकारले नै तोकिदिएको छ । बार्षिक १५ करोड भन्दा माथि विक्री गर्ने व्यावसायिक फर्मले त्यको १ प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत रकम खर्च गर्नुपर्ने हुन्छ । नेपालमा बिभिन्न किसिमको उद्योग ब्यवसायहरु संचालनमा रहेका छन् । जसलाई औद्योगिक ब्यवसाय ऐन, २०७६ र औद्योगिक ब्यवसाय नियमावली, २०७६ ले नियन्त्रण गरिहेको छ ।
ऐनले उद्योगलाई वर्गिकरण गर्नको लागि स्थिर पू‘जीलाई मुल आधार बानएको छ । स्थिर पू‘जी भन्नाले जग्गा जमिन, घर, भवन, भौतिक संरचना, मेसिन, उपकरण, परिवहन, फर्निचर लगायतका सम्पत्ति सहित पू‘जीगत खर्च भएका सम्पत्तिहरुलाई बुझाउछ । स्थिर पूँजीकै अधारमा उद्योगलाई निम्न वर्गमा वर्गिकरण गरेका छन् । वर्गिकृत उद्योगलाई नेपाल सरकारले महिला उद्यमी, आयकर, भन्सार महसुल, औद्योगिक क्षेत्र लगायत बिभिन्न किसिमको छुट, सुविधा र सहुलियतहरु उपलब्ध गराउदै आईरहेका छन् ।
उद्योगहरु समुदायमा नै संचालन हुने गरेकोले, उद्योग र ब्यवसायहरुलाई सामाज प्रति पनि जवाफदेहि बनाएको देखिन्छ । ऐन तथा नियमावलीमा ब्यावसायिक सामाजिक जिम्मेवारीको बारेमा स्पष्ट ब्यवस्था गरेको छ । जीवन वीमा कम्पनीहरु मानवसँग नै प्रत्यक्ष जोडिएको र विशेषत मानवकै वीमा गर्ने व्यावसाय भएकोले यसमा जीवन वीमा कम्पनीहरुले अग्रसरता देखाउनु पथ्र्यो ।
निजी बैंकहरुले अहिले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम जम्मा गरेर त्यसले अक्सिजन प्लाण्टको स्थापना गर्ने निर्णय समेत गरेको छ । तर, मानवको जीवनको ठेक्का लिएका जीवन वीमा कम्पनीहरु कहाँ छन् ? मावनको जीवन रहे मात्रै जीवन वीमा गर्ने हो । यसबारेमा जीवन वीमा कम्पनीहरु जिम्मेवार देखिएका छैनन् । मनावको जीवनसँग नै सरोकार राख्ने जीवन वीमा कम्पनीहरु यो महामारीको संकटमा सबैभन्दा पहिलो अग्रसरता देखाउनु पर्ने थियो ।