अन्तत : रहनुभएन विवेकशील साझा दलका नेता उज्जवल थापा 

अन्तत : रहनुभएन विवेकशील साझा दलका नेता उज्जवल थापा 
फाईल तस्वीर

काठमाडौं, १८  जेठ । कोभिड–१९ संक्रमणसँगै गम्भीर विरामी परेका विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि १४ जेटमा मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो । अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारा स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन । 

कोभिड(१९ संक्रमणसँगै गम्भीर विरामी परेका उहाँलाई बचाउन अथक प्रयास गर्दापनि सफल नभएको अस्पतालले विज्ञप्ति जारी गरेर जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगा गराउँदछौं ।’

मृतक थापाको अन्त्यष्टि पनि साधारण रुपमा गर्ने भएकोले कसैलाई उपस्थित नहुन पनि परिवारजनले आग्रह गरेका छन् । कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपनि परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेकोले कसैलाई पनि उपस्थित नभई दिन परिवार तथा शुभेक्षुकको तर्फबाट वक्तव्य जारी गरेको छ ।